site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परिवार योजना कार्यक्रम : वार्षिक ६५ करोड खर्च, पहुँचमा ४३ प्रतिशत मात्र
SkywellSkywell

काठमाडौं । सरकारले परिवार योजना कार्यक्रमका लागि वार्षिक करिब ६५ करोड खर्च गर्ने गरेको छ । तर यसको पहुँचमा भने ४३ प्रतिशत मानिसहरु मात्र पुगेका छन् । स्वास्थ्य परिवार कल्याण महाशाखाको तथ्याङ हेर्दा परिवार योजना कार्यक्रममा रु ६४ करोड ८० लाख रुपैयाँ खर्च गर्दै आएको छ । तर, परिवार नियोजनका साधनको पहुँच बाहिर ५७ प्रतिशत मानिस रहेका छन् । 

सरकारले परिवार नियोजनका कार्यक्रमलाई दीर्घकालीन तथा पञ्चवर्षीय-त्रिवर्षीय विकास योजनाहरुमा प्राथमिकता राखेको छ । जसमा सन् २०२० सम्ममा परिवारनियोजनका साधनको प्रयोगकर्ता १० लाख पुर्‍याउने लक्ष्य छ ।  तर उक्त लक्ष्यमा पुग्न परिवार योजनाका कार्यक्रमको क्षेत्रमा प्रत्येक वर्ष बजेट बढ्दै गए पनि आधुनिक साधनको प्रयोग गर्ने संख्या बढ्न सकेको छैनन् ।

त्यसैगरी, नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार १५ देखि १९ वर्ष उमेरसमूहका विवाहित किशोरीमध्ये १५ प्रतिशतले मात्रै परिवार नियोजनको आधुनिक साधनको प्रयोग गर्ने गरेको जनाएको छ । नेपालमा प्रजनन उमेर समूह १५ देखि ४९ वर्षका ४२ दशमलव ८ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेका छन् भने सन् २०११ मा यो संख्या ४३ दशमलव २ प्रतिशत थियो । 

KFC Island Ad
NIC Asia

त्यस्तै, आधुनिक साधनको प्रयोग ४३ प्रतिशतले मात्र गर्ने गरेको बताउँदै परिवारकल्याण महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले बताए । “दिगो विकासको लक्ष्य प्राप्त गर्न ७५ प्रतिशत नेपालीले आधुनिक साधनको प्रयोग गर्नुपर्छ तर हालसम्म पनि ४३ प्रतिशत मात्र पहुँचमा पुग्दा दिगो विकास लक्ष्यको अवधारणमा पुग्न चुनौतीको विषय भएको छ,” उनले भने, “नेपालमा अझै पनि ५२ प्रतिशत युवतीको विवाह १८ वर्षभन्दा कम उमेरमै हुने गरेको छ ।”

सरकारले परिवार योजना कार्यक्रमका लागि जुन लगानी गरेको छ सो अनुसारको प्रतिफल आउन नसकेको स्वास्थ्य तथा जनसंख्याराज्य मन्त्री डा. सुरेन्द्र यादवले बताए । “अधिकांश नेपालीलाई परिवार नियोजनका साधनबारे चेतना भए पनि साधनको प्रयोग कम मात्र हुने गरेको छ,” उनले भने, “कानुनी रुपमा विवाह गर्ने महिलाको उमेर २० वर्ष भए सो उमेरभन्दामुनिका विवाह गर्ने संख्या ५० प्रतिशतभन्दा बढीमा रहेको छ ।”

Royal Enfield Island Ad

परिवार कल्याण महाशाखाका प्रमुख कविता अर्यालले नेपालमा परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्ने संख्यामा कमी भएको र अझै पनि पराम्परागत विधीको प्रयोग बढिरहेको बताइन् । 

उनले भनिन्, “स्थानीय तहमार्फत किशोर–किशोरीलाई जनचेतना जगाउने विभिन्न कार्यक्रम अगाडि बढाउँन थालिएको छ ।” परिवार नियोजनको आधुनिक विधिअन्तर्गत १४ दशमलव सात प्रतिशत महिलाले स्थायी बन्ध्याकरण गराउने गरेका छन् ।

कुन प्रदेशले कतिले प्रयोग गर्छन् परिवार नियोजनको साधन 

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण प्रदेश ३ मा सबैभन्दा बढी आधुनिक परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको देखिन्छ । जसमा ४९.२ प्रतिशत रहेका छन् भने सबैभन्दा कम परिवार नियोजनका साधनको प्रयोग गर्नेमा गण्डकी प्रदेश रहेको छ । जसमा ३७ दशमलव ३ प्रतिशतले आधुनिक विधिको प्रयोग गर्छन् । 

त्यस्तै, प्रदेश २ मा ४० दशमलव २ प्रतिशत मात्र परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने गरेका छन् भने प्रदेश १ मा परिवार नियोजनको साधनको प्रयोग गर्नेको दर ४० दशमलव १ प्रतिशत  रहेको छ ।  प्रदेश ५ मा ३८ दशमलव ९ प्रतिशत रहेको छ भने सुदूरपश्चिम ४८ दशमलव १ प्रतिशतले मात्र प्रयोग गर्ने गरेका छन्  । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  १८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro