site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्याम्समा स्‍नातकोत्तर तहको भर्ना प्रक्रिया रोकियो, सेवा आयोग खारेज
SkywellSkywell

काठमाडौं । कर्मचारी समायोजनका कारण चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा स्नातकोत्तर तहको पहिलो वर्षको भर्ना प्रक्रिया दुई महिनादेखि रोकिएको छ । प्रतिष्ठानले गत असार अन्तिम सातासम्ममा स्नातकोत्तर तहको एमडी र एमएसको इन्ट्रान्स परीक्षा सञ्चालन गर्न सूचना जारी गर्नुपर्नेमा हालसम्म पनि सूचना जारी गरेको छैन । नयाँ ब्याचको एमडी र एमएसका विद्यार्थीहरु नहँुदा अस्पतालमा समस्या हुने प्रतिष्ठानका कर्मचारीहरु बताउँछन् ।

प्रतिष्ठानका रेक्टर अर्थात् शिक्षाध्यक्ष डा. सुबोध अधिकारीले कर्मचारी समायोजनका कारण एमडी र एमएसको भर्ना प्रक्रिया प्रभावित भएको बताए ।  “मेडिकल काउन्सिलले सिट निर्धारण गर्दा फ्याकल्टी नम्बरसमेत देखाउनु पर्ने हुन्छ । तर कर्मचारी समायोजन नटुंगिँदा नम्बर संख्या हामीसँग छैनन । गत वर्षको संख्या देखाउन मिल्दैन,” उनले भने, “करिब एक महिनाअघि काउन्सिलले प्रतिष्ठानको अनुगमन गरेको थियो । अनुगमनपछि प्रतिष्ठानको विषयमा कुनै पनि निर्णय गरेको छैन ।” 

उनका अनुसार प्रतिष्ठानका धेरै चिकित्सक शिक्षकहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत छन् । केहीमात्र चिकित्सक प्रतिष्ठानअन्तर्गत छन् । प्रतिष्ठानले एमडी र एमएस कार्यक्रम सञ्चालन गरेदेखि दुर्गममा काम गर्ने चिकित्सकको अभाव नभएको उनले दाबी गरे ।

KFC Island Ad
NIC Asia

विदेशबाट एमबीबीएस पढेर आएका विद्यार्थीहरुले लोकसेवा आयोग पास गरेपछि स्वास्थ्य मन्त्रालयले दुर्गममा काम गर्न पठाउने गरेको छ । एमडीको इन्ट्रान्स परीक्षा ९० प्रतिशतका लागि हुन्छ । अन्य १० प्रतिशत विद्यार्थीले कति काम दुर्गममा गरे, सोअनुसार नम्बर पाउँछन् । पछिल्लो समय १० प्रतिशत नम्बरका लागि दुर्गममा गएर काम गर्ने विद्यार्थीको प्रतिस्पर्धा देखिन्छ । 

“पहिले दुर्गममा चिकित्सकहरु काम गर्न जान मान्दैनथे । तर न्याम्सको कार्यक्रमले गर्दा दुर्गममा काम गर्न जाने विद्यार्थीको प्रतिस्पर्धा बढेको छ,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने ।

Royal Enfield Island Ad

प्रतिष्ठानले सन् २००२ देखि एमडी र एमएस, डीएमए कार्यक्रम सञ्चालन गरेदेखि हालसम्म करिब १२ सय विभिन्न रोगका विशेषज्ञहरु उत्पादन गरेको जनाएको छ । वर्षेनी पोष्ट ग्राजुएटमा झन्डै १३० जनासम्म उत्पादन हुने गरेका छन् भने डीएमएसमा करिब १५० जना उत्पादन हुने गरेका प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले आइतबार भर्ना प्रक्रिया कसरी अगाडि पढाउने भनेर स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको छ । 

यसरी हुन्छ भर्ना

चिकित्सा विज्ञान प्रतिष्ठानले सूचना जारी गर्ने गर्छ । डेन्टल र मेडिकलको एउटै सूचना जारी गरिन्छ । मेरिट बेसिसमा जसले राम्रो अंक ल्याएको छ, उसले आफूले चाहेको विषय छान्न पाउँछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चिकित्सक छन् भने ९० पूर्णांकको इन्ट्रान्स परीक्षा हुन्छ भने १० प्रतिशत दुर्गममा काम गरेको नम्बर जोडिन्छ । 

उक्त प्रतिष्ठानमा सेवा आयोग २०६७ सालमा गठन भएको थियो । जसमा अध्यक्षमा स्वास्थ्यमन्त्रीको नेतृत्वमा अन्य २४ सदस्य हुन्छन् । चार–चार वर्षमा कमिटी परिर्वतन हुने गरेको छ । २०७१ मा नयाँ कमिटी बनेको थियो । उक्त कमिटीको गत साल भदौमा कार्यकाल सकिइसकेको छ । करिब आठ वर्षको अन्तरालमा आयोगले नै प्रतिष्ठानअन्तर्गतका कर्मचारी स्थायीसमेत गर्दै आएको थियो ।

नयाँ संविधान जारी भएसँगै विश्वविद्यालयले मात्र सेवा आयोगबाट कामकारबाही गर्न पाउने तर प्रतिष्ठानले लोकसेवा आयोगबाट नै कर्मचारी भर्ना गर्नुपर्ने भएपछि चिकित्सा विज्ञान प्रतिष्ठानको ऐन र संविधान नै बाझिएको देखिन्छ । ऐनमा सेवा आयोग बनाएर कामकारबाही गर्न पाउने उल्लेख छ भने संविधानमा लोकसेवा आयोगबाट कामकारबाही हुने उल्लेख छ । 

स्रोतका अनुसार लोकसेवा आयोगले प्रतिष्ठानको ऐनमा नै सेवा आयोगको कमिटी सक्रिय बनाएर काम गर्न भने पनि प्रतिष्ठानका कर्मचारी रेक्टर र डिन भने आयोग खारेज गर्न लागेको बताउँछन् । 

रेक्टर सुबोध अधिकारीले भने, “संविधान मान्दिन भन्न पाइँदैन, संविधानमा जे छ सोही अनुसार हामीले काम गरेका छौं । सेवा आयोगको नयाँ समिति बन्दैन । कर्मचारी भर्ना गर्न प्रतिष्ठान मानव संशाधन समिति बनेको छ । त्यसले कर्मचारी आवश्यक परेमा लोकसेवा आयोगमा जानकारी गराउने लोकसेवाले नै कर्मचारी पठाउने छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro