site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
एनसेलको ‘बुवा सर्ट फिल्म कम्पिटिसन’ मा ‘बुवा’ उत्कृष्ट

काठमाडौं । चलचित्र निर्माणमा लुकिरहेका प्रतिभाशाली युवालाई अवसर  प्रदान गर्ने उद्देश्यले एनसेलले ‘बुवा’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता गरेको छ । बुवाको मुख हेर्ने दिनको छेकोमा आयोजना गरेको प्रतियोगिताको मुख्य थिम ‘बुवा’ राखिएको थियो ।

बुधबार ललितपुरस्थित लबिम मलमा सोही प्रतियोगिताको विजेता घोषणा गरी पुरस्कार प्रदान गरिएको छ । सयौं चलचित्रमध्ये १० उत्कृष्ट चलचित्रहरु कार्यक्रममा प्रदर्शन गरिएको थियो । उत्कृष्ट १० चलचित्र मध्ये ‘बुवा’ शीर्षकको सर्ट फिल्म विजेता भएको थियो । विजेता आशिफ शाहको टिमलाई एक लाख बराबरको नगद उपहार प्रदान गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

फर्स्ट रनरअप ‘द एन्ड अफ कल्चर’ लाई ७५ हजार बराबरको नगद पुरस्कार प्रदान गरिएको छ । ५० हजार नगद पुरस्कारसहित चलचित्र ‘वोल्ड एज होम’ ले सेकेन्ड रनरअपको उपाधि हासिल गरेको थियो ।

२५ हजार नगदसहित दुई सर्ट फिल्म ‘बुवा’ र ‘ड्याड, सन एण्ड ल्यापटप’ लाई ‘कन्सोलेशन अवार्ड’ प्रदान गरिएको थियो । नगद पुरस्कार सहित सबै विजेता टिमलाई एनसेलको तर्फबाट एक वर्षको लागि टिमका ३–३ सदस्यलाई डाटा पनि प्रदान गरिने छ ।

नकिम उद्दिन, आसिफ शाह र विद्या चापागाईको निर्णायक टिमले यी चलचित्रको मूल्यांकन गरेको थियो । कार्यक्रममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतको उपस्थित थियो । १० उत्कृष्ट चलचित्रहरु बुवाको मुख हेर्ने दिन अर्थात भदौ १३ गते एनसेलको आफ्नै पेजमा अपलोड गरिने बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  ११:३८
प्रतिक्रिया दिनुहोस्