site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘टेक एन्ड पे’ संशोधन गर्न अर्थलाई पत्र पठाएका छौँ : ऊर्जामन्त्री
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटको ‘टेक एन्ड पे’को विषयमा अर्थ मन्त्रालयलाई संशोधनका लागि पत्र पठाएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले ‘टेक एन्ड पे’बारे अर्थमन्त्री विष्णु पौडेलसँग छलफल भइरहेको र संशोधन हुने बताए ।

“दश मेगावाटसम्मका साना जलविद्युत् आयोजनाका साथै खपत वा निर्यात सुनिश्चितता भएका ठूला नदी प्रवाही आयोजनाको समेत प्रवाही ‘टेक अर पे’मै पीपीए गर्न मन्त्रालयले जेठ २७ मा पत्र पठाएर संशोधन गर्न आग्रह गरेको छ,” उनले भने, “यसबारेमा अर्थमन्त्रीसँग पनि छलफल भइरहेको छ । संशोधन भएर अगाडि बढ्ने कुरामा मन्त्रालयले विश्वास लिएको छ ।”

अर्थ मन्त्रालयले बजेटमा विभागीय मन्त्रालयलाई समेत जानकारी नदिएर ‘टेक एन्ड पे’को व्यवस्था राखेसँगै निजी क्षेत्र आन्दोलनमा छ ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्