राजनीति

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले विदेशमा रहेका नेपाली दूतावास यहाँका वडा कार्यालयजत्तिको पनि नभएको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा उनले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएकी हुन् ।
“हाम्रा दूतावास वडा कार्यालयजत्तिकै पनि छैनन् । जापानमा जाँदा म डिप्रेस्ड भएर आएँ,” उनले भनिन्, “कुखुराको खोरभन्दा सानो दूतावास ।”
उनले जापानमा रहेको दूतावासको उदाहरण दिँदै बस्ने ठाउँ पनि नरहेको बताइन् ।
“बस्ने ठाउँ पनि छैन । धेरै वडा कार्यालय एकदमै राम्रा छन् तर दूतावास त्यत्तिका पनि छैनन्,” उनले भनिन्, “जापानको राजदूतावास अलि राम्रो पनि हुनुपर्छ । दिल्ली र बेइजिङको दूतावास मर्मत गर्न भनेर पैसा हालेका छौँ ।”
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ १३:४३
प्रतिक्रिया दिनुहोस्