
काठमाडौं । साहित्यिक साप्ताहिक पत्रिका ‘कपन बानेश्वर साप्ताहिक’ले अघिल्ला वर्षजस्तै यसपटक पनि सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । साहित्यकारहरू मदनराज थापा, चन्द्रा न्यौपाने, विष्णु पन्त र मुरलीप्रसाद ढकाललाई ‘कबा विशिष्ट सम्मान’ र शम्भु चालिसे तथा रन्जु खनाललाई ‘कबा सम्मान’ प्रदान गरिने पत्रिकाले जनाएको छ ।
यस्तै, साहित्यिक पत्रकार उद्धव अविचललाई ‘महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार’, साहित्यकार राजेशमान केसीलाई ‘नालाङ्ग कबा रचना पुरस्कार’, प्रीति कौरलाई ‘पुष्कर प्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार’, रामकुमार श्रेष्ठ फुच्चेलाई ‘गङ्गा लिगल कबा रचना पुरस्कार’, पूजा शाहीलाई ‘हेमगङ्गा रचना पुरस्कार’, सुरेशचन्द्र घिमिरेलाई ‘भमरकोटे कबा सुसेली पुरस्कार’ प्रदान गरिने पत्रिकाले जनाएको छ ।