site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
उपन्यासकार धमलाको ‘क्यारिन’ लोकार्पित

काठमाडौं । लेखक ऋषिराम धमलाको नयाँ उपन्यास ‘क्यारिन’ लोकार्पण भएको छ । 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्राज्ञ अमर न्यौपाने, पत्रकार दीपक सापकोटा, अभिनेत्री केकी अधिकारी, समीक्षक राजकुमार बानियाँ र कवि हेम प्रभासले कृति लोकार्पण गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साहित्यकार न्यौपानेले पुस्तकको भाषा–प्रस्तुतिको प्रशंसा गर्दै प्रेमील उपन्यासको सुन्दर परिवेशले किताबलाई पठनीय बनाएको उल्लेख गरे । 

सापकोटाले उपन्यास जेन–जी पुस्ताका लागि लेखिएको बताए । केकी अधिकारीले उपन्यास पढ्दा सिनेमा हेरेजस्तै अनुभूति भएको बताइन् । 

बानियाँले उपन्यासले युवापुस्तालाई मात्रै नभइ सबै पाठकलाई बाँध्नसक्ने बताए । कवि हेम प्रभासले प्रेम र जीवनलाई उपन्यासमा प्रकट गरिएको चर्चा गरे ।

शिखा बुक्सले प्रकाशित गरेको पुस्तकको मूल्य ५९५ रुपैयाँ रहेको प्रकाशकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्