site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विपिनका बारेमा भगवानसँग प्राथना गरौँ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको बारेमा चौतर्फी अनुरोध गरिएको जानकारी गराएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले सक्दो प्रयास गरेका छौँ विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री, सभामुखले पनि गर्नुभयो,” उनले भनिन्, “म आफैँले पनि पत्र लेखेर अनुरोध गरेको छु । कतार र संयुक्त अरब इमिरेट्सका मन्त्रीसँग भेट गरेर अनुरोध गरेको छु ।”

तर जोशीको अवस्था अहिले के छ भन्नेबारेमा नै अनभिज्ञता प्रकट गरिन् ।

“दुईजना विदेशी हराइरहेको जानकारी प्राप्त भएको थियो,” उनले भनिन्, “नेपाली नागरिक विपिन जोशीको बारेमा भगवानसँग प्राथना गरौँ । सकुसल छन् । नेपाल फर्किन्छन् भन्ने आशा गरौँ ।”
 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्