खेल
काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलंकासँग पहिलो खेल खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह बी मा परेको छ ।
नेपाल रहेको समूहमा आयोजक श्रीलंका, यूएई र बंगलादेश रहेका छन् । त्यस्तै समूह ‘ए’ मा पाकिस्तान, भारत, कुवेत र अफगानिस्तान रहेका छन् ।
भदौ १९ देखि २८ गतेसम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल श्रीलंकासँग भदौ २० गते खेल्नेछ । नेपालले आफ्नो दोस्रो खेल भदौ २२ गते बंगलादेश र अन्तिम खेल भदौ २४ गते यूएईसँग खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६ १२:४४
प्रतिक्रिया दिनुहोस्