site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
अभिभावकलाई शिक्षकहरूको खुला पत्र– विद्यार्थीको गल्ती नढाक्नुस् 
SkywellSkywell

एजेन्सी । विद्यार्थीहरुले सन्तुष्टिजनक नतिजा नल्याउँदा त्यसको दोष प्रायः विद्यालय र शिक्षकहरुलाई आउने गर्दछ । तर वास्तवमा शिक्षकभन्दा अगाडि विद्यार्थीहरुले घरमा आफ्नो परिवारबाट बढी ज्ञान आर्जन गरिरहेको हुने हुँदा तिनलाई अगाडि बढाउन अभिभावकले पनि उत्तिकै जिम्मेवारी उठाउनुपर्ने ‘बोर्ड टिचर्स’ नामक एक प्ल्याटफर्ममा उल्लेख गरिएको छ,  जहाँ थुप्रै शिक्षकहरुले अभिभावकलाई बालबालिकाको भविष्य उज्ववल बनाउनमा विभिन्न किसिमले सहायता गर्न आग्रह गरेका छन् । 

१. आफ्ना छोराछोरीको गल्तीमा पर्दा नहाल्ने

गल्ती सबैले गर्छन् र विशेषगरी बच्चाहरुले गल्तीबाटै सिक्ने गर्दछन् । यस्तोमा शिक्षाको उद्देश्य भनेको तिनै गल्तीपछिको परिणामको सामना गर्न सक्षम बनाउनु हो । त्यसैले छोराछोरी स्कुलमा ढिला पुग्दा, होमवर्क पूरा गर्न नसक्दा वा खराब व्यवहार गर्दा अभिभावकहरुले तिनको बचाउमा बहाना बनाउन बन्द गर्नुपर्छ । 
यसको सट्टा सबै बाबुआमाले आफ्ना छोराछोरीलाई तिनले गरेको गल्तीको जिम्मा आफैँ लिन प्रोत्साहन गर्नुपर्छ । 

Dabur Nepal
NIC Asia

शिक्षकहरुले विद्यार्थीलाई गणित र विज्ञान सिकाएपनि तिनलाई मूल्य मान्यता अनि जिम्मेवारी केबल अभिभावकले मात्र पढाउन सक्छन् । 

त्यसैले कुनै बालक गल्ती गरेर आपतमा पर्यो भने उनीहरुलाई सो चुनौतीको सामना आफैँ गर्न दिनुपर्छ । केही क्षणका लागि असहज भए पनि अन्त्यमा सबै बालबालिकाका लागि सो अनुभव मूल्यवान् साबित हुनेछ । 

२. बालबालिकाले तिनको काम गरेका छन् छैनन् याद गर्ने

यदि सबै बालबालिकाले आफूले दैनिक खाने खाना चुन्न पाएको भए डिनरमा सधैँ आइसक्रिम, चकलेटलगायतका खानेकुरा हुन्थे, जसले आवश्यक पोषण दिलाउन सक्दैन । होमवर्क गर्ने कुरा पनि त्यस्तै हुन्छ । यसमा कुनै रमाइलो हुँदैन, धेरै समय लाग्छ र प्रायः सबैसँग होमवर्कको सट्टा भिडियो गेम खेल्ने, मोबाइल चलाउने वा टीभी हेर्ने विकल्प हुन्छ । त्यसैले पनि बालबालिकालाई अरु विकल्प रोज्नबाट बचाउन अभिभावकले मुख्य भूमिका खेल्नुपर्ने हुन्छ । बच्चाहरुको काममा अभिभावक पनि संलग्न हुनुले तिनलाई जिम्मेवार बनाउन सक्छ । 

३. सबै विकर्षणबाट टाढा राख्ने

जे कुरापनि एकदम धेरै मात्रामा राम्रो हुँदैन । त्यसैले बालबालिकाले आफ्नो काम गरिरहेका बेला स्मार्टफोन, भिडियोगेम सबै तिनीहरुबाट टाढै राखेको राम्रो हुन्छ । हरेक क्षण स्क्रिनमा समय बिताउनुले बच्चाहरुको व्यक्तित्व विकासमा अवरोध पुर्याउनुका साथै शारीरिक असक्रियता, पढाइमा असर गर्ने र तिनलाई असामाजिक बनाइदिन सक्छ । त्यसैले डिभाइसका फाइदा भए पनि विशेषगरी छुट्टीको दिन सकेसम्म बाहिरी कार्यक्रममा सहभागी गराउने प्रयास गर्नुपर्छ । 

४. घरमा राम्रो उदाहरण प्रस्तुत गर्ने

बालबालिकाहरुले अधिकांश व्यवहारिक कुरा आफ्ना अभिभावकबाटै सिक्ने गर्दछन् । त्यसैले पनि आमाबुवाले जे गर्यो छोराछोरीले पनि अज्ञात रुपमा त्यस्तै गरिरहेका हुन्छन् ।  जस्तै कुनै घरमा अभिभावकले कहिल्यै किताब समात्दैनन् र होमवर्कका बारेमा पनि सोध्दैनन् र सधैँ टीभी हेर्दै खाना खाने गर्छन् भने बच्चाहरुले पनि त्यसै गर्छन् । 

तर यदि आमा वा बुबाले सुत्नु अगाडि किताब पढ्ने गरेका छन्, स्कुलमा के भयो भन्ने कुरा सोधिरहने गर्छन् अनि बेलुका भएपछि मोबाइल नचलाउने हो भने बालबालिकाले हाम्रो त्यही बानी अपनाइरहेका हुन्छन् । यो वास्तवमै अत्यन्तै महत्वपूर्ण कुरा हो । 

५. शिक्षकहरुको पक्षमा रहने

धेरै अभिभावक बालबालिकाले नराम्रो अंक ल्याउँदा शिक्षकलाई गाली गर्ने र आक्रोश व्यक्त गर्ने गरेको पाइन्छ जुन उचित तरिका होइन ।  त्यसकारण आफ्ना छोराछोरीको नराम्रो नतिजाप्रति रिसाउनुको सट्टा समस्या समाधान गर्न शिक्षकहरुसँग सहकार्य गर्नुपर्छ ।  त्यसैले पनि सबै अभिभावकले आफ्ना बालबालिकालाई स्कुलको भरमा मात्र नछाडेर घरबाट पनि आवश्यक प्रयास जारी राख्न सुझाव दिइएको छ ।  एबीसी न्युजको सहयोगमा 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro