site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एनसेल लाभकर मुद्दाको फैसला सर्‍यो

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिको लाभकरसम्बन्धी मुद्दाको फैसला सरेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासबाट मंगलबार सो मुद्दामा फैसला सुनाउने मिति तोकिएको थियो । तर, आज फैसला नसुनाइएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार अब एनसेल मुद्दाको फैसला साउन ३० गते हुनेछ । 

एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री हुँदा भएको लाभकर छलीको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको पूर्ण इजलासले यसअघि नै फैसला गरिसकेको थियो । तर, रिटको क्षेत्राधिकार अन्तर्गत एनसेल पुनः सर्वोच्च अदालत पुगेको हो । एनसेलले आफूले लाभकर छुट पाउनुपर्ने जिकिर गरेको छ । 

मंगलबार न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको बृहत् पूर्ण इजलाशले सुनुवाई गर्दै फैसला गर्ने मिति तोकिए पनि हुन सकेन । 

प्रधानन्यायाधीश राणा र न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत् पूर्ण इजलासले २०७५ माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने फैसला सुनाएको थियो । बृहत् इजलाशले कर नतिरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्री अनुमति नदिनू भन्ने परमादेश नै जारी गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro