site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रचनाकारको नाम पनि कन्जुस्याइँ नगरी भनिदिए हुन्थ्यो

धेरैले याद नगरेको हुनसक्छ, ‘भुलुँ भुलुँ लाग्यो मलाई सपनीमा मिठो लाग्दैन विपनी’ गीतका रचनाकार विक्रम गुरुङ हुन् । थोरै तर कालजयी गीत रचना गरेका छन् उनले । हङकङमा बसोबास गर्ने विक्रम अहिले नेपाल आएका छन् पलेंटी श्रृंखलाका लागि । यही मौका बाह्रखरीकर्मी वर्षा महर्जनले गुरुङसँग कुराकानी गरेकी छन् । 

लामो समयपछि जन्मभूमि आउनुको उद्देश्य ?
परिवार यता भएकोले म आइरहन्छु । तर यो पटक भने विशेष गरी पलेंटीकै लागि आएको हुँ । अस्ति शुक्रबारदेखि ‘रिहर्सल’ गर्दैछौं ।

संगीतमा कसरी आवद्ध हुनुभयो ?
सानैदेखि अलिअलि गीतसंगीत मन नपराउने मान्छे त कोही पनि हुँदैन । म देहरादूनमा हुर्किएको । त्यहाँ स्कुलहरुमा म्युजिक सुन्ने अवसर पाएँ । पछि गण्डकी आवासीय विद्यालयमा एकजना शिक्षकले मुनामदन गीति कविता वाचन गरेर सुनाउनु हुन्थ्यो । त्यहाँबाट पनि प्रभाव परेको थियो । 

त्यसपछि मैले अम्बर गुरुङका गीतहरु सुन्न थाले र उँहाको गीतहरु नै मेरो लागि संगीतमा लाग्न ठूलो प्रेरणा बन्यो ।  

विस्तारै मेरो अरुण थापासँग भेट भयो । अरुणसँगै उसको भाइ किरण थापासँग पनि भेट भयो । पोखरामा भएका नेपालका केही चर्चित साहित्यकारहरु र साथीहरुलगायत अरुण थापा र  हाम मिलेर सस्ंथा खोल्नेक्रममा संगीतको सिर्जना सुरु गरे । 

अहिलेसम्म कतिवटा रचनाहरु सार्वजनिक भएका छन्  ?
अहिलेसम्म मेरो ४ वटा रचनामात्रै बाहिर आएको छ । जसमध्ये ३ वटा त अरुण थापाले नै गाएको भयो । जुन रेडियो नेपालमा आएको थियो । अर्को एउटा चाहिँ नेपथ्यले ब्यान्डको सिल्भर जुब्लीमा गाएको थियो । 

संगीत जुनून् हो कि सोख ?
सोख हो मेरो लागि त । 

व्यवसायकै रुपमा अघि बढाउने सोच आएन ?
त्यो समयमा संगीतलाई व्यवसाय बनाएर बाँच्ने अवस्था नै थिएन । यहि कारण होला यसमै लाग्न घरपरिवारबाट पनि प्रोत्साहन मिल्दैन थियो । अहिले पनि पहिलाका गायक तथा संगीतकारहरुलाई सोध्नु भयो भने त्यही उत्तर पाउनु हुन्छ होला । तर पनि उहाँहरु लागिपर्नु भयो । त्यो बेला संगीतलाई ‘हबी’ को रुपमा मात्रै लिइन्थ्यो ।

अरुण थापासँग चिनजान कहिले र कसरी भयो ?
पोखरा भनेको धेरै सानो ठाउँ थियो, सबैले सबैलाई चिन्ने । अहिले पो ठूलो भयो । अरुण पोखरा आउँदा एउटा मिठो गीत गाउने मान्छे आएको छ भन्ने सुनेको । संयोगवश अरुण मेरो दाजु पर्नेकोे साथी र उहाँकै मार्फत् परिचय गर्ने मौका पाँए । मलाई पनि संगीतमै रुची भएका कारण उहाँसँग मेरो भेटघाटको क्रम बढ्दै गयो ।

उहाँ हिन्दि, नेपाली सबैप्रकारको गीतहरु असाध्यै मिठो गाउने । उहाँलाई सुन्नेक्रममा गीतसंगीत पनि विस्तारै श्रृजना गर्न थालेँ । तर विशेष श्रृजना गर्नुपर्छ भन्ने लागेको चाहिँ पोखरेली युवा सांस्कृतिक परिवारको जन्म हुने क्रममा चाहिँ लागेको हो ।

अरुण थापासँगको सहकार्यको दिन कसरी सम्झिनु हुन्छ ?
अरुणसँग काम गर्दा मेरो गीत लेख्ने काम हुन्थ्यो र उहाँले गाउने । तर म्युजिकको थिमको सुरुवात चाहिँ मैले गर्थें अनि  अन्त उहाँले गर्नु हुन्थ्यो ।
त्यसरी हाम्रो सँगै बसेर दुईटा गीत बन्यो– कतै टाढा तिमीबाट पुगेँ र आँखाको नीद खोसि लाने । भुलँभुलँ त मैले पछि गरेको काठमाडौं आएर । तर गाउन चाहिँ अरुण थापाले नै गाउनु भएको हो ।
अरुण गीत गाउने भए पनि कम्पोजिसन कहिले गरेको थिएन । तर काम गर्दाखेरि यो शब्दलाई यसरी लैजाउ, यो ट्युनलाई यसरी लैजाउ भनेर एकअर्कालाई सुझाव भने दिन्थ्यौं हामी दुबै ।हङकङ गएपछि पनि संगीतलाई निरन्तरता दिनुभयो ?
सन् १९८९ मा मेरो शिक्षण पेशाकै क्रममा हङकङ गएको थिएँ । त्यहाँ मैले स्कुलमा पढाउनुका साथै स्कुलको कार्यक्रमहरुमा गीत रचना गर्थे र विद्यार्थीहरुले गाउँथे ।

आफ्नो रचनाहरु सबैसाम ल्याउनुपर्छ, रेकर्ड गर्छु भनेर सोच्नु भएन ?
एल्बम निकाल्छु भन्ने कुरा त मनमा लाग्ने नै भयो २–४ वटा गीत पब्लिकमा आइसकेपछि । तर त्यस्तो अवसर मिलेन मलाई । साथीभाइले निकाल्नु पर्छ त भन्थ्यो तर निकालिएन । पछिबाट एउटा ट्रयाकसम्म बनाएको थिएँ मैले अरुण बितेको सालमा । तर त्यो पूरा भएन ।

गीतहरु कसरी कालजयी हुन्छन् होला ?
त्यो त मैले भन्दा पनि श्रोताले भन्ने कुरा हो जस्तो लाग्छ मलाई । श्रष्टाले श्रृजना गर्ने हो । मन पराउने मन नपराउने त श्रोता हो । म पनि श्रोता नै हुँ । एउटा श्रोताको नाताले मलाई के लाग्छ भने, मलाई मनमा लागेको कुरा मैले भन्दा मिठो तरिकाले आर्टिस्टले भनिदिए पछि त्यो मन पराइन्छ । तर बनाउँदाखेरि मैले कालजयी बनाउँछु भनेर बनाइँदैन जस्तो लाग्छ ।

श्रोताको हिसाबले भन्नुपर्दा पछिल्लो समयको आधुनिक गीतहरुमा हल्का शब्दको प्रयोग बढी हुन थालेको हो ?
म पनि श्रोता नै हो । अर्काको गीत त म पनि सुन्छु । मलाई पनि त्यस्तै लाग्छ । शब्दहरुको प्रयोगमा चाहिँ अलिकति गहनता नभएको हो कि । कुरा र विचार गहकिलो हुन सक्छ तर शब्दको चयनमा अलि हल्का रुपको शब्दको चयन भएको छ कि भन्ने लाग्छ । प्रविधि, ग्लोबलाइजेसन आदिको पनि प्भाव होला । गीतसंगीत व्यवसायीकरण भएर पनि हो कि ?
त्यो पनि होला । किनभने त्यो बेला गीत रचना गर्दा बल्लबल्ल एक दुई वटा गीतले मात्रै ठाउँ पाउँथ्यो । रेडियो नेपालमै एउटा कलाकारले एक वर्षमा एउटा या दुईटा गीत मात्रै गाउने मौका पाउँथे । 
पछि एफएम खोलेपछि गीतको संख्या बढ्दै गयो र अहिले त झन् कुरै छोडौं । त्यो भएको हुनाले ‘क्वान्टिटी’ बढेको छ तर ‘क्वालिटी’ मा निश्चित छैन । जोसँग पैसा छ, संगीत रेकर्ड गर्न सक्छ । रोक्ने कुरा पनि भएन, रहरको कुरा हो । 

अब गीतसंगीत साधना रहेन, व्यवसायमात्रै भयो भन्न सकिन्छ ?
म बेसिकली रहर भन्छु । तर रहर धेरै भयो । अहिलेको यो नयाँ कल्चर ट्रान्जिसन फेजमा छ कि जस्तो लाग्छ । यो हुँदै गर्छ । तर एक समय आउँछ । त्यो समयपछि चाहिँ होइन त्यो गीतसंगीत त अलि गहिरिएर गाउनुपर्ने रैछ भनेर उहाँहरुले बुझ्नुहुन्छ होला । 

अरुण थापाको गीतहरु जीवन्त हुनुको कारण के हो जस्तो लाग्छ ?
अरुले पहिलेदेखि नै कार्यक्रमहरुमा या हामी भेला हुँदा पनि हिन्दि होस् या नेपाली मिठो गाउँथ्यो । तर गायकीमै लागेर पछि श्रृजनाहरुमा गाउन थालेपछि गीतको शब्दहरु र अरुणको आफ्नै जीवनको कथाको कारणले उसको गीत जीवन्त भएको हो कि । 
तर अरुण त्योभन्दा अगाडि पनि एकदमै मिठो गाउने मान्छे हो । उसको व्यतिmगत कथा र गीतको शब्दहरुले मात्रै उसको गीतहरुलाई जीवन्त भनाएको भन्ने कुरा मलाई सत्य त लाग्छ । तर ऊ आफंैपनि पहिलेदेखि नै राम्रो गाउने हो । एक साथीको नजरमा अरुण थापा कस्तो हुनुहुन्थ्यो  ?
एकदम भद्र, मान्छे । ह्यान्डसम पनि थियो । कहिले पनि अश्लिल शब्दहरु प्रयोग नगर्ने, कहिले पनि नरिसाउने । 

नराम्रो बानीचाहिँ के थियो उहाँको ?
उसले आफ्नो प्रतिभालाई बुझ्न नसकेको मान्छे पनि लाग्छ मलाई । किनभने अन्तिम कालतिर उसले खुब गीत गाउने कोसिस गरेको थियो । सकेसम्म गीत गाउन मन गरेको थियो । तर उसँग समय थिएन । उसको शारीरिक अवस्थाले साथ दिन सकेन । खाली मानसिक रुपमा मैले गाउनु पर्छ भन्ने थियो । तर त्यो सम्भव नै थिएन । अन्तिम कालमा गएर आफ्नो महत्व बुझ्यो । तर, ढिलो भइसकेको थियो । 

गीत हिट भएपनि रचनाकार, संगीतकारहरु छायामा परेका हुन् ?
हो, गीतकारको र संगीतकारको पनि नाम आइदिए हुन्थ्यो जस्तो लाग्छ । तर विदेशतिर पनि त्यस्तै हुँदो रैछ । गायकको मात्रै नाम आउँछ । लेखकको नाम नै आउँदैन । आफ्नो गीत बज्दा खुशी त लाग्छ । तर गायकले रेडियोहरुले गीत बजाउँदा कन्जुस्याइँ नगरी भनिदिए हुन्थ्यो जस्तो लाग्छ । 

पलेंटीमार्फत् आफ्ना पुराना तथा नया रचनाहरुलाई संग्रह गरेर राख्ने मौका पाउनुभएकोमा कस्तो लागिरहेको छ ?
खुशी लागेको छ । आठ वर्ष अगाडि आफ्नो केही कारणले आउन नसकेपनि अहिले त्यो मौका जुरेको छ । पलेंटीले नेपाली आधुनिक गीतहरुलाई संग्रह गर्दै आइरहेकोमा मलाई पनि निम्त्याएकोमा खुशी लागेको छ ।
हामी यो संसारमा नरहे पनि नेपाली आधुनिक गीतमार्फत् हाम्रो रचना सधैं जीवन्त रहनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro