site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपामा ७७ जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंगो लाग्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ । नेकपा सचिवालयको आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो । “कुनै जिल्लामा एकजना मात्रै इन्चार्ज छन् भने कुनैमा एकजना मात्रै सहइन्चार्ज छन्। तर कुनै कुनै जिल्लामा १० जनासम्म सहइन्चार्ज बनाइएको छ । निर्वाचन क्षेत्र हेरेर सहइन्चार्ज तोकिएको छ,” नेता वामदेव गौतमले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भने ।

उनले विभागहरुको टुंगो मंगलबार बस्ने सचिवालय बैठकले लगाउने बताए । उनले भने, “केही विभागहरुको टुंगो लाग्न बाँकी छ । मंगलबार लाग्छ । तर संगठन विभाग प्रमुख मै हुँ ।” यसैबीच छवटा महानगरपालिकाले जिल्ला कमिटीसरहकै मान्यता पाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro