site stats
बाह्रखरी :: Baahrakhari
देश
Argakhachi Cement Island Ad

काठमाडौं । कैलालीको धनगढीमा विस्फोट हुँदा ६ जना घाइते भएका छन् । बिहीबार साँझ धनगढीको निलम होटल अगाडि विस्फोट भएको प्रदेश नम्बर सातका प्रहरी प्रमुख डीआईजी तारणी लम्सालले बताएका छन् । सिलिण्डर अथवा अन्य बम विस्फोट गराएको भन्‍ने विषयमा पुष्टि भइसकेको छैन ।  उनका अनुसार घटनास्थलबाट एक थान नाइन एमएमको पेस्तोल बरामद गरिएको छ । घाइते छ जनाको धनगढीस्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको डीआईजी लम्सालले बताए । 

घटनास्थलमा पेस्तोल भेटिएकोले विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । अहिले सीमा नाका, विभिन्न होटलहरु सर्च अप्रेसन जारी गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको डिआईजी लम्सालले बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  २०:१३
प्रतिक्रिया दिनुहोस्