site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपा एकताको फेरि सर्‍यो भाका, साउन ५ गते टुंगो लगाइने

काठमाडौं । तीन महिनामा टुंगो लगाउने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको संगठनात्मक एकता प्रक्रियाले करिब १५ महिनापछि पूर्णता पाएको छ । यसअघि अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले असार मसान्तभित्र एकता प्रक्रिया टुंगो लगाउने बताएका थिए ।

मंगलबार साँझ अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै चारघण्टा छलफल चलेको थियो। त्यसो त अध्यक्षद्वयबीच दिनहुँ 'वान टु वान' वार्ता हुँदै आएको थियो । तर, मंगलबारको बैठकमा कार्यविभाजन (केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, विशेषतः जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन), र केन्द्रीय निकायहरूलाई पूर्णता दिने कुरामा सैद्धान्तिक समझदारी जुटेको नेताहरूले बताएका छन् ।

त्यस्तै मंगलबारको बैठकले ३२ वटै विभाग बाँडफाँट, केन्द्रीय आयोग (अनुशासन, लेखा, निर्वाचन) जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्लाई पूर्णता दिने कुरामा पनि समझदारी तय भएको स्रोतले जानकारी दियो।

३२ वटा विभाग मध्ये १८ वटा एमालेले (५६ प्रतिशत) र पूर्वमाओवादी केन्द्रले १४ वटा (४४ प्रतिशत)लिने टुंगो लागेको छ । यद्यपि महत्वपूर्ण मानिएको संगठन, विदेश, प्रशिक्षण (स्कुल) प्रचारलगायत विभागको कसले पाउने टुंगो लागेको छैन । यसबीचमा थप गृहकार्य गर्ने र साउन पाँच गते बस्ने सचिवालयको बैठकले निर्णय लिने र लगत्तै स्थायी कमिटी बसेर अनुमोदन गराउने तयारी रहेको बालुवाटार स्रोतले जानकारी दियो ।
 
माधव नेपालसँग छलफलै भएको छैन 

नेकपामा अहिले त्रिपक्षीय समीकरण छ । पछिल्लो शक्ति–सङ्घर्षमा माधव नेपाल पक्ष निर्णायक छ । तर, अध्यक्षद्वयको पछिल्लो भागबण्डामा माधव नेपालसँग छलफल नगरिएको उनी निकट स्रोतले जानकारी दियो ।

पुरानै जिल्ला इन्चार्ज दोहोर्‍याउने र जिल्ला कमिटीको नेतृत्वको बाँडफाँटअनुरूप नै इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिने विषयमा नेता नेपालसँग कुराकानी भए पनि विभाग, केन्द्रीय निकायलाई पूर्णता दिनेबारे छलफल भएको छैन । 

प्रस्ताव आएपछि आफ्नो धारणा राख्ने तयारी नेपाल समूहले गरिरहेको बुझिएको छ ।७७ जिल्ला कमिटीमध्ये एमालेको भागमा ४४ र माओवादी केन्द्रको भागमा ३३ जिल्ला परेको थियो । अहिले एमालेले अध्यक्ष लिएको ठाउँमा एमाले इन्चार्ज र माओवादीले अध्यक्ष लिएको ठाउँमा माओवादी केन्द्रकै इन्चार्ज बनाउने तयारी अध्यक्षद्वयको छ ।

जिम्मेवारी बाँटफाँट नपुगे एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा सहइन्चार्जको संख्या बढाउने तयारी पनि अध्यक्षद्वयको छ । तर नेपाल पक्षले भने एकभन्दा बढी सहइन्चार्ज तोक्न नहुने पक्षमा अडान लिइरहेको छ ।

विधानतः नेकपाको ७ वटा निकाय र ३२ वटा विभाग छन् ।

केन्द्रीय निकायहरू

१) केन्द्रीय कमिटी
२) केन्द्रीय अनुशासन आयोग
३) केन्द्रीय लेखापरीक्षण आयोग
४) केन्द्रीय निर्वाचन आयोग
५) राष्ट्रिय परिषद्
६) केन्द्रीय सल्लाहकार परिषद्
७) केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्‍च

विभाग

१. अर्थ तथा योजना विभाग
२. उद्योग तथा वाणिज्य विभाग
३. उपभोक्ता हित तथा आपूर्ति विभाग
४. कृषि तथा भूमिसुधार विभाग
५. कोष तथा आर्थिक व्यवस्थापन विभाग
६. खानेपानी तथा सरसफाई विभाग
७. जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग
८. निर्वाचन विभाग
९. न्याय, कानुन तथा मानव अधिकार विभाग
१०. पर्यटन प्रबद्र्धन तथा नागरिक उड्डयन विभाग
११. प्रचार तथा प्रकाशन विभाग
१२. प्रादेशिक मामला विभाग
१३. पार्टी स्कुल विभाग
१४. पुस्तकालय तथा अभिलेख विभाग
१५. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग
१६. युवा तथा खेलकुद विभाग
१७. राजकीय मामला तथा सुशासन विभाग
१८. राष्ट्रिय सुरक्षा प्रबद्र्धन विभाग
१९. वन तथा वातावरण विभाग
२०. विज्ञान तथा प्रविधि विभाग
२१. विदेश मामला विभाग

२२. शिक्षा तथा मानवस्रोत विभाग
२३. श्रम तथा रोजगार विभाग
२४. सब्गठन विभाग
२५. संघीय संसदीय विभाग
२६. समाज कल्याण विभाग
२७. सहकारी तथा गरिबी निवारण विभाग
२८. सहरी विकास विभाग
२९. सामान्य प्रशासन विभाग
३०. साहित्य, कला तथा संस्कृति विभाग
३१. स्थानीय तह विभाग
३२. स्वास्थ्य तथा जनसंख्या विभाग

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  २२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro