site stats
बाह्रखरी :: Baahrakhari
खेल
नयाँ सिजनमा मेस्सीले तोड्न सक्लान् यी रेकर्डहरु ?

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्नो पुस्ताकै सर्वकालीन महान खेलाडीमा गनिन्छन् । बार्सिलोनाबाटै फुटबल करियर सुरु गरेका मेस्सी बार्सिलोनाका लागि सदाबहार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । मेस्सी अहिले बार्सिलोनाको एक मुख्य खेलाडीका रुपमा छन् । पाँच पटकका बालोन डि’ओर विजेता मेस्सी ला लिगाका सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।

मेस्सीले विश्व फुटबलमा बार्सिलोनाका लागि प्रायः सबै खाले उपाधि जिताइसकेका छन् ।

३२ वर्षीय मेस्सीले उमेर ढल्किँदै गएपनि उनको क्षमतामा भने झन निखार  आइरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विश्व फुटबलमा बन्ने धेरैजसो रेकर्डहरु मेस्सीले छोइसकेका छन् । मेस्सीले नयाँ सिजनमा केही नयाँ रेकर्ड बनाउने योजनामा छन् । नयाँ सिजन २०१९–२०२० मा अर्जेन्टिना र बार्सिलोनाका फर्वाड मेस्सीद्वारा नयाँ रेकर्ड बन्ने र तोडिन सक्ने सम्भावना भएका रेकर्डहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।

१) पेलेको रेकर्ड तोड्न सक्ने
यदि यस सिजनमा मेस्सीले बार्सिलोनाका लागि ३९ गोल गर्न सकेमा ब्राजिलका महान खेलाडी  पेलेको एउटै क्लबको लागि सबैभन्दा बढि गोल गर्ने रेकर्डलाई तोडेर नयाँ विश्व कीर्तिमान कायम राख्नेछन् । गएको सिजनमा कुल ५१ गोल गरेका मेस्सीले हरेक दशकको सिजनमा ४० भन्दा बढी गोल गर्दै आइरहेकाछन् र पेलेको यो रेकर्ड तोडिने सम्भावना देख्न सकिन्छ ।

२) सबैभन्दा बढी असिस्ट गर्ने खेलाडी बन्न सक्ने
यदि मेस्सीले यो सिजनमा २० असिस्ट गर्न सकेमा इतिहासको तीनसय भन्दा धेरै असिस्ट गर्ने एक्लो खेलाडी बन्नेछन् । आजसम्मको दिनमा मेस्सीले अर्जेन्टिना र बार्सिलोनाको लागि २८० असिस्ट गोल गरिसकेका छन् । मेस्सी यस सिजन ला लिगाका सर्वाधिक असिस्ट गर्ने खेलाडी पनि हुन् ।  

३) सात सिजनमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्न सक्ने
यदि मेस्सीले २०१९ मा ५० भन्दा बढी गोल गरेमा इतिहासमै सात वर्षसम्म सबैभन्दा बढी गोल गर्ने खेलाडी र ५० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी बन्नेछन् । आधा वर्ष सकिँदासम्म मेस्सीले ३४ गोल गरिसकेका छन् । उनको तुलनामा अरु खेलाडीहरु निकै पछि छन् ।

४ सबैभन्दा बढी गोल्डेनबुुट पाउने खेलाडी बन्न सक्ने
मेस्सीले पाँच पटक गोल्डेनबुट पाइसकेका छन् । यसपालिको पनि उनले गोल्डेन बुट अनौपचारिक रुपमा उनले पाइसकेकाछन् । यसवर्षको डिसेम्बरमा उनले औपचारिक रुपमा गोल्डेनबुट पाउनेछन ।
मेस्सी ६ वटा गोल्डेनबुट जित्ने इतिहासको पहिलो खेलाडी र लगातार तीन वर्षसम्म  जित्ने एक्लो खेलाडी बन्नेछन् ।

५ रोनाल्डोको ह्याट्रिक र गोल तोड्न सक्ने
गएको सिजनमा मेस्सीले ४ ह्याट्रिक र ५४ गोल गर्दा रोनाल्डोले २ ह्याट्रिक र ३१ गोल गरेका थिए । पूरै करियरलाई हेर्दा मेस्सीले भन्दा १५१ वटा खेल बढी खेलेका क्रिस्टियानो रोनाल्डोले २ ह्याट्रिक र १९ गोलले मात्र अगाडि रहेकाछन् । अब आउँदो सिजनमा मेस्सीले पुरानै पाराले प्रदर्शन जारी राखे भने रोनाल्डोको रेकर्ड तोडिनसक्छ र एक्काइसौँ शताब्दिमा सबैभन्दा बढि गोल र ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्न सक्नेछन् ।
(एजेन्सीको सहयोगमा) 


 

प्रकाशित मिति: बुधबार, असार २५, २०७६  ०७:१८
प्रतिक्रिया दिनुहोस्