site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ दशकमा पनि किन लय समाउन सकेन नेपाली चलचित्रले ?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा २०४० को दशकमा सुरु भएका चलचित्रका ‘जानरा’ले २०७०को दशकमा आइसक्दा पनि निरन्तरता पाउन सकेका छैनन् । कमेडी र सोसल ड्रामामा मात्रै केन्द्रित हुँदा ४० को दशकमै उठान गरिएका विषयले ७०को दशकको मध्य पार गरिसक्दा पनि उठाइएको छैन ।

४० को दशकमै चलचित्र निर्देशक यादव खरेलले बायोपिक, ऐतिहासिक, धार्मिक विषयलाई लिएर चलचित्र निर्माण गरेपनि ती विषयले खासै निरन्तरता पाएका छैनन् । सेलुलाइड प्रविधिमै उनले उठान गरेका विषय डिजिटल प्रविधिमा आइसक्दा पनि निर्माताले खासै उठान गरेको पाइँदैन । 

‘श्री स्वस्थानी’ बनाएर खरेलले धार्मिक चलचित्र बनाउन सुरु गरेका थिए । ‘प्रेमपिण्ड’ बनाएर ऐतिहासिक विषयमा पनि  चलचित्र पनि बनाउन सकिन्छ भन्ने मानक स्थापित गराएका थिए । ‘लोभी पापी’ बनाएर कमेडी जानरामा पनि चलचित्र बनाउन सकिन्छ भन्ने शुरुआत गरेका यादवले ‘आँधीबेरी’ निर्माण गरेर जातीय छुवाछूतको विषय चलचित्रमा उठान गरेका थिए । आदिकवि ‘भानुभक्त’ र ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’को बायोपिक बनाएर यादव खरेलले जोखिम मोलेका थिए ।  

तत्कालीन समयमा कति फसाएर त कति बाध्यताले भारतका विभिन्न सहरमा देहव्यापार गर्न बाध्य नेपाली महिलाको कथा उठान गरेर यादवले चलचित्र ‘चेलिबेटी’ निर्माण गरेका थिए ।  “सेलुलाइड प्रविधि थियो, ठूलो जोखिम थियो । एउटा चलचित्र निर्माण गर्न कम्तिमा ३०–३५ लाख रुपैयाँ लाग्थ्यो,” खरेलले सम्झिए, “गीत रेकर्डिङदेखि धेरै काम इन्डिया गएर गर्नुपथ्र्यो । त्यो बेलामा पनि मैले जोखिम मोलेर धेरै जानराका चलचित्र बनाएको थिएँ ।”

प्रविधिसँगै कलेजमा चलचित्रको अध्ययन सुरु भए पनि विषयको विविधता आउन नसकेको उनी बताउँछन् । जोखिम लिन नचाहेका कारण नेपाली चलचित्रमा विविधता आउन नसकेको उनको टिप्पणी छ । 

युवा चलचित्र निर्देशक प्रदीप भट्टराई पनि बजार निर्देशित हुँदा नेपाली चलचित्रमा विविधता आउन नसेकको स्वीकार्छन् । “कुनै एउटा चलचित्र चल्यो भने त्यस्तै चलचित्र बनायो भने चल्नेरहेछ भनेर अर्कोले पनि त्यस्तै बनाउँछ,” भट्टराई भन्छन्, “चलिरहेको भन्दा फरक आयो भने त्यसले दर्शकको ध्यान खिच्न सक्छ भन्नेमा हाम्रो दिमाग चल्दैन । रिस्क लिन नचाहने र नियमितभन्दा बाहिर जान नसकेकै कारण हाम्रो चलचित्रमा फरक–फरक विषय आउन सकेन ।”

नेपाली चलचित्रले ६ दशकको इतिहास बोकिसके पनि अझै राजनीतिक विषयमा सम्झन लायक चलचित्र बनेका छैनन् । तत्कालीन माओवादीको जनयुद्धपछि सोही विषयलाई लिएर केही चलचित्र बने पनि ती कुनै एक राजनीतिक विचारधाराबाट प्रभावित थिए । “पहिलो पक्ष त राजनीतिक चलचित्र बनाउन धेरै महँगो छ, त्यसैले राजनीतिक विषयमा राम्रो चलचित्र बनाउन सकिएन,” निर्देशक भट्टराई भन्छन्, “दोस्रो पक्ष, अहिलेसम्म जति पनि राजनीतिक चलचित्र बने, ती कुनै न कुनै राजनीतिक विचारधाराबाट प्रभावित भएर बने । तटस्थ भएर बनेनन् ।” 

अमेरिकाको लसएनजलसमा रहेको यूसीएलए विश्वविद्यालयले संसारभरका प्रतिनिधिमूलक र उत्कृष्ट चलचित्रको अर्काइभिङ गर्दै आएको छ । यूसीएलएले दुईवटा नेपाली चलचित्र ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’ छनोट गरेर अर्काइभिङ गरिरहेको निर्देशक खरेलले जानकारी दिए । 

“समय, संस्कृति, व्यक्ति र भूगोलको जीवन्तता चलचित्रमा देखिने भएकाले त्यसलाई संरक्षण गर्ने उद्देश्यले यी चलचित्र छनोटमा परेका हुन्,” खरेल भन्छन्, “सेलुलाइडमा रहेका यी चलचित्रलाई नयाँ प्रविधिमा रुपान्तरण गरेर अर्काइभिङ गरिरहेको छ ।”

खरेलका अनुसार ‘प्रेमपिण्ड’ नयाँ प्रविधिमा रुपान्तरणका लागि दुई करोड रुपैयाँ खर्च लाग्छ । ‘प्रेमपिण्ड’ अर्काइभिङ भइसकेको र अर्को वर्ष ‘आदिकवि भानुभक्त’ अर्काइभिङ हुने उनी बताउँछन् । ‘प्रेमपिण्ड’ ऐतिहासिक विषयमा बनेको चलचित्र हो भने ‘आदिकवि भानुभक्त’ कवि भानुभक्त आचार्यको जीवनीमा आधारित चलचित्र हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २३, २०७६  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro