site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ट्रमा सेन्टरमा बजेट अभाव हुँदा करोडौं मूल्यका मेसिनहरु बिग्रेर थन्किए

काठमाडाैं । राष्ट्रिय ट्रमा सेन्टरमा करोडौं मूल्य बराबरका मेसिनहरु बिग्रेर थन्किएको महिनौ  बित्दा पनि मर्मत गरिएका छैनन् । सेन्टरमा रहेका सिटीस्क्यान, भेन्टिलेटर मेसिन, इन्ट्रा अपरेटिभ मेसिन र आकस्मिक एक्सरे मेसिन बिग्रेर थन्किएको महिनौँ बित्दा पनि मर्मत गरिएका छैनन् । आठ महिनादेखि थन्किएको सिटीस्कान मेसिनको ट्यूब बिग्रेर थन्किएको थियो, अहिले बनाउने काम भइरहेको छ अर्को साताबाट सञ्चालनमा आउने सेन्टरका निर्देशक डा. प्रमोद यादवले दाबी गरे । 

उनले भने “अन्य बिग्रेर थन्किरहेका मेसिन मर्मत सम्भार गर्न बजेट अभाव छ, अस्पतालमा बिग्रेका उपकरण बनाउन, नयाँ उपकरण सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयसँग बजेटको माग गरिएको छ ।”

सेन्टरमा रहेको सिटीस्क्यान मेसिन समयमै मर्मत नहुँदा बिरामी अन्यत्र जान बाध्य छन् । सेन्टरमा दैनिक ३० जनाभन्दा बढी बिरामी सिटीस्क्यानका लागि आउने गरेका छन् । सिटीस्कान सेवा सञ्चालन हुँदा सिटीस्कानका रिर्पोट सोही दिन नै दिने गरेको थियो ।

त्यसैगरी, इन्ट्रा अपरेटिभ मेसिन न्युरोको सिटी स्क्यान मेसिन हो । उक्त मेसिन बे्रन क्यान्सरको शल्यक्रिया गर्दागर्दै क्यान्सर बाँकी छ कि छैन भनेर हेर्न प्रयोग गरिन्छ । तर यो मेसिन बिग्रेर थन्किएको महिनाँै भइसक्दा पनि मर्मत गरिएका छैनन् । सरकारले ७० प्रतिशत रकम दिएको तर ३० प्रतिशत रकम दाखिला नभएपछि त्यसको मुद्दा अदालतमा चलिरहेको छ । सो मुद्दामा आदेश नआएको र अन्य डकुमेन्ट नभएकोले पेश गर्न समस्या भएका निर्देशक डा. यादवको भनाई छ ।

त्यसैगरी सेन्टरमा रहेको एक्सरे मेसिन मर्मतका लागि ३० देखि ३५ लाख रुपैयाँ खर्च लाग्ने अस्पताल प्रशासन बताउँछ । केही भेन्टिलेटर बनाएको, केही बिग्रेर थन्किएको निर्देशक डा. यादवले स्वीकारे ।

भारतले दुई वर्षअघि दिएको इन्डोरेडियोलोजी सम्बन्धी काम गर्ने डिएचओ मेसिन ल्याएर सञ्चालन नै नगरी त्यत्तिकै राखिएको छ । इन्डो रेडियोलोजीसम्बन्धी, कार्डियोलोजिष्टसम्बन्धी समस्याको उपचार गरिन्छ । उक्त मेसिन आगामी आर्थिक बर्षसम्ममा सञ्चालनमा ल्याउने तयारी रहेको निर्देशक डा. यादवले बताए । भारतले अनुदान स्वरुप दिएको डिएचओ मेसिन सञ्चालन गर्न आवश्यक तयारीका लागि दुई करोड आवश्यक तत्काल रकम अभाव हुँदा सञ्चालनमा आएको छैन् । 

उता, वीर अस्पतालको दुई वटा सिटीस्क्यान मेसिनमध्य एउटा बिग्रेर थन्किएको छ भने एउटा मात्र सञ्चालनमा छ । ट्रमा सेन्टरका बिरामी पनि वीर अस्पताल जाँदा सिटीस्कानका लागि लामो समयसम्म पालो कुनुपर्ने बाध्यता छ । 


 

प्रकाशित मिति: सोमबार, असार २३, २०७६  ०७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro