site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डको ‘परिवारवाद !’
SkywellSkywell

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र परिवारवाद भित्र्याएका छन् । जसरी भारतमा गान्धी र नेपालमा कोइराला परिवारलाई यसअघि परिवारवादमा फसेको आरोप लगाइन्थ्यो, त्यसैगरी ।

छोराछोरीलाई स्वकीय सचिव बनाउनेदेखि भाइलाई पार्टीको प्रदेश अध्यक्ष, ज्वाइँलाई सरकारी नियुक्ति दिलाउने र काका नाता लगाउनेलाई राजदूतको नियुक्ति दिलाउनेसम्ममा प्रचण्डले ‘कीर्तिमान’ नै खडा गरेपछि त्यो आरोप प्रचण्डतिर सरेको हो ।

तत्कालीन नेकपा माओवादीले शुरू गरेको जनयुद्धमा परिवारका सदस्यलाई समेत आफूसँगै बन्दुक बोकाएर ‘उदाहरणीय’ बनेका अध्यक्ष दाहाल यतिबेला हामीबाट ‘म’मा रुपान्तरित भएको पार्टीवृत्तमा चर्चा चल्न थालेको छ ।

KFC Island Ad
NIC Asia

त्यसो त दाहाल पारिवारवादको चङ्गुलमा फसेको नवीन र ताजा घटना होइन । २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका बेलादेखि नै उनले ‘दाहालतन्त्र’को सूत्रपात गरेका हुन् ।

त्यतिबेला हाल दिवंगत भइसकेका छोरा प्रकाश दाहाललाई सचिवालयमा नियुक्त गरेको भन्दै पार्टीभित्र आलोचनाको स्वर सुनिएको थियो । त्यसो त पत्नी सीता दाहाल तत्कालीन माओवादी केन्द्रको सल्लाहकार कमिटीमा थिइन् । पार्टी एकतापछि भने उनी कुनै जिम्मेवारीमा छैनन् । बिरामीले गालेकाले सक्रिय हुन सक्दिनन् ।

Royal Enfield Island Ad

दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुँदा पनि उनले परिवार र नातागोतालाई सरकारी नियुक्ति दिलाउन छाडेनन् । नाताले आफ्नै भतिजा पर्ने समीर दाहाललाई उनले पीए नियुक्त गरेका थिए । त्यस्तै छोरा प्रकाश दाहाललाई पनि दाहालकै पार्टी पोलिट्व्यूरो सदस्य र प्रधानमन्त्रीको सचिवालयमा राखिएको थियो ।

०७५ मा आइपुग्दा अध्यक्ष दाहाल परिवारवादको चङ्गुलमा नराम्ररी फसेको प्रतीत हुन्छ । यसपटक छोरी–ज्वाइँ, बुहारी, सम्धी, भतिजो गरी झन्डै १० जनालाई उनले सरकारी नियुक्ति दिलाएका छन् भने भाइ नारायण दाहाललाई नेकपाको प्रदेश अध्यक्ष बनाएका छन् ।

छोरीलाई मेयर, बुहारीलाई मन्त्री

०७४ वैशाखमा सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मतगणना सम्झन लायक रह्यो । कांग्रेस–माओवादी केन्द्रकी साझा उमेदवार प्रचण्डपुत्री रेणु दाहाललाई मेयर पदमा जिताउन मतपत्र च्यात्ने र दोहोर्याएर चुनाव गराउनेसम्म प्रपञ्च रचियो । मतपत्र च्यातेको कसुरमा तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई जिल्ला अदालत चितवनले दोषी ठहर गरी जनही एक–एकलाख रुपैयाँ जरिवाना सुनाइसकेको छ ।

मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा अध्यक्ष दाहालले बुहारी बिना मगरलाई कञ्चनपुर–१ को टिकट दिए भने ज्वाइँ जीवन आचार्यलाई मोरङ–६ को (क) प्रदेशको टिकट थमाए । बुहारी बिनाले चुनाव जितिन् भने कान्छा ज्वाइँ जीवन निर्वाचित हुन सकेनन् ।

स्वर्गीय छोरा प्रकाशकी कान्छी पत्नीका रूपमा भित्रिएकी बिनालाई सांसदमा निर्वाचित गराएरमात्रै पुगेन, मन्त्री नै बनाउने रहर जागृत भयो प्रचण्डमा । अहिले केपी ओली नेतृत्वको सरकारमा उनी सरसफाइ तथा खानेपानी मन्त्री छिन् । र, उनी नेकपाकी केन्द्रीय सदस्यसमेत हुन् ।

भाइलाई अध्यक्ष, ज्वाइँलाई स्वकीय सचिव

प्रचण्ड ‘दाहालतन्त्र’का कस्ता सर्जक हुन् भन्ने कुरा बुझ्न प्रदेश ३ को अध्यक्ष छनोट हेरे पुग्छ । 

५ असोजमा बसेको पार्टी सचिवालयको बैठकले प्रदेशको अध्यक्ष र इन्चार्ज तोकेको थियो । सात प्रदेशमध्ये चार प्रदेश पूर्व माओवादी केन्द्रको भागमा परेको थियो । त्यसमध्ये प्रदेश ३ को अध्यक्षमा आफ्ना भाइ नारायण दाहाललाई छनोट गरे ।

पद र जिम्मेवारी आफ्ना नाता–गोतालाई सुम्पने प्रचण्डको कदम यतिमै सकिँदैन । जेठी छोरी ज्ञानु दाहाल केसी (ज्ञानुको क्यान्सर रोगका कारण २०७० चैत १३ गते उपचारका क्रममा निधन भएको थियो) का पति सागर केसीलाई सभामुख कृष्णबहादुर महराको स्वकीय सचिवमा नियुक्त गराएका छन् ।

माइलो ज्वाइँ अर्जुन पाठक (जो रेणु दाहालका पति हुन्) लाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको विशेष सल्लाहकार चयन गरिएको छ । सरकारी पदमा आसिन हुन बहिनीज्वाइँ पनि छुटेका छैनन् । प्रचण्डका बहिनीज्वाइँ खेम भण्डारीलाई भरतपुर अस्पतालको अध्यक्षमा नियुक्त गरिएको छ ।

टीबी पाठकका ज्वाइँ तथा छोरी रेणु दाहालका नन्देभाइ चूडामणि खड्कालाई पनि समानुपातिकतर्फको अपाङ्गताको कोटाबाट सांसद नियुक्त छन् ।

दुवै छोरी सत्ताको वरिपरि

माइली छोरी बाबुको ‘उत्तराधिकारी’का रूपमा भरतपुर महानगरको ‘बागडोर’ सम्हालिरहेकी छिन् भने कान्छी छोरी गंगा दाहाल पनि राज्यकोषको सेवा सुविधाबाट पर छैनन् । गंगालाई अध्यक्ष दाहालले आफ्नै सचिवालयमा राखेका छन् । दिवंगत छोरा प्रकाशको स्थानमा अहिले उनै कान्छी छोरी गंगा दाहाल छिन् ।

सत्ताको सुविधाभोगबाट कान्छा ज्वाइँ जीवन आचार्य पनि अछुतो छैनन् । मोरङ ६–को प्रदेशसभामा पराजित भएका आचार्य केही समयअघि उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष सल्लाहकारमा नियुक्त भएका छन् । उनी एक वर्षअघिदेखि त्यहाँ बहाल रहेको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

दाहालतन्त्रको पछिल्लो सदस्य बन्न आइपुगेका छन्– प्रचण्डलाई काका साइनो लगाउने महेश दाहाल । छ महिना अघिमात्रै कांग्रेस परित्याग गरी नेकपा छिरेका दाहाल प्रचण्डकै कोटाबाट अस्ट्रेलियाको राजदूत सिफारिस भएका छन् ।

प्रचण्डपथको पटाक्षेप

नाता–गोता, इष्टमित्रलाईमात्रै पोस्ने दाहालको कार्यशैलीको पार्टीभित्र विरोध हुन थालेको छ । विशेषगरी पूर्वमाओवादीभित्र उनको कृत्यप्रति असन्तुष्टि चुलिएको हो ।

कतिपय नेता–कार्यकर्ताले यसलाई प्रचण्डपथको नैतिक अवसानका रूपमा समेत व्याख्या गरेका छन् ।

“जनयुद्धमा परिवारका सदस्यलाई पनि आफूसँगै भूमिगत बनाउने र परिवर्तनको बाटोमा हिँडाउने प्रचण्डको शान्तिपूर्ण राजनीतिमा आइसकेपछि त्यसको उपलब्धि आफ्नै परिवारको पोल्टामा परोस् भन्ने मान्यताबाट अघि बढिरहनुभएको छ,” पूर्वमाओवादीका एक नेता भन्छन् ।

त्यस्तै छिमेकी मुलुक चीनमा कतिपय राजनीतिक नेतृत्वले क्रान्तिताका सशस्त्र संघर्षमा ज्यान गुमाएका सहिद परिवार र तिनका छोराछोरीलाई अभिभावकत्व प्रदान गरेको र कतिपयको पढाइ नै नेताहरूले पूरा गरिदिएको पाठ पढाउने नेताहरूले शान्ति प्रक्रियामा अवतरण भइसकेपछि आफ्नै परिवारभन्दा बाहिर निस्कन नसक्नु दुखद् भएको ती नेताको भनाइ छ। 

(२०७५ कात्तिक ६ मंगलबार प्रकाशित समाचारलाई अद्यावधिक गरिएको) 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro