site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गृह जिल्लामा राजेशपायललाई एक लाख रुपैयाँको पुरस्कार 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गायक राजेशपायल राईलाई गृह जिल्ला खोटाङमा एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ । खोटाङको बुइपामा जन्मिएका गायक राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु एक लाख नगदसहित सम्मान गरेको हो ।

गायनमार्फत खोटाङलाई देश तथा विदेशमा चिनाएको भन्दै गायक राईलाई उक्त पुरस्कार प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।  

नगर दिवसको अवसरमा अन्य विविध विधाका उत्कृष्ट व्यक्ति तथा संस्थालाई पनि पुरस्कार प्रदान गरिएको छ । 
तस्बिरः राजेशपायल राईको फेसबुकबाट

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  ०९:४३
प्रतिक्रिया दिनुहोस्