
काठमाडौं । भारतीय मिडियामा नेपालमा हुने भनिएको इण्डियन फिल्म एकेडेमी अवार्डस (आईफा)को कार्यक्रम रद्ध भएको प्रसंगले निकै चर्चा पाएको छ । आज प्रकाशित भारतीय सञ्चार माध्यममा यसबारेमा चर्चा भएको हो । भारतको बिजनेश स्ट्याण्डर्डले नेपालमा आलोचना भएपछि सरकारले कार्यक्रम स्थगित गरेको जनाएको छ ।
अनलाइन संस्करण स्वराज्यले प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङको तस्बिर समेत राखेर सत्तारुढ दलका नेताले आलोचना गरेका कारण कार्यक्रम रद्ध भएको जनाइएको छ ।
बलिउड मेगा इभेन्टको रद्ध हुनुमा चीनको हात रहेको समेत सो समाचारमा जनाइएको छ । केपी ओली नेतृत्वको सरकारले भने सो कार्यक्रम गर्न चाहेको, त्यसको खर्च ४ मिलियन डलर लाग्ने अवस्था रहेको तर आलोचकहरुले यसलाई निकै महंगो मानेको समाचारमा जनाइएको छ ।
एक जना राप्रपाका नाम उल्लेख नगरिएका नेतालाई उद्धृत गर्दै चीन सो कार्यक्रमबाट एकदमै चिन्तित भएको भन्ने प्रसंग समेत जोडिएको छ ।
सन् २००१ मा नेपालमा ऋतिक रोशन काण्ड भएको जनाउँदै सो काण्डमा चीन नजिक मानिने माओवादीको हात भएको समेत समाचारमा जनाइएको छ ।
प्रो—चाइना इलिमेन्टले फेक न्यूज प्रवाह गरेर कार्यक्रमको आलोचना गरिएको समेत सो समाचारमा उल्लेख गरिएको छ । नेपालका विद्यालयहरुमा चिनियाँ भाषा मन्दारिनको अध्ययनको व्यवस्था गरिएको, नेपाली फिल्ममा चीनले लगानी गरेको र २० औं आईफा अवार्डको कार्यक्रममा भने चीनले नेपाललाई प्रभावित पारेकोले हुन नसकेको स्वराज्यले दाबी रहेको छ ।
यस्तै आउटलुक इण्डियाले पनि गएको मंगलबार संसदीय समितिले दिएको निर्देशन अनुसार सो कार्यक्रम रोकिएको जनाएको छ । समाचारमा भारतीय चलचित्रकर्मी आउँदा त्यसले नेपालको प्रवद्र्धनमा मद्यत पुग्ने भएपनि रोकिएको उल्लेख गरिएको छ । एएनआई न्यूजले पनि नेपाल पर्यटन बोर्डलाई उद्धृत गर्दै सो कार्यक्रम स्थगित गरिएको चर्चा गरिएको छ ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार शीर्षक
Bollywood Bash In Nepal Cancelled Amid Anti-India Rhetoric, And High-Stake Power Plays By China
Nepal withdraws decision to host IIFA following criticism
Nepal withdraws decision to host IIFA following criticism