site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 सत्तारूढ सांसदका गुनासै गुनासोः बोल्न बन्देज नलगाइयोस्
SkywellSkywell

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले सरकारको खुलेर आलोचना गरेका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्ने २९ जनामध्ये अधिकांश सांसदहरूले सरकार र पार्टीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका थिए । सरकारको काम प्रभावकारी हुन नसक्दा परिणाम हात लाग्न नसकेको निष्कर्ष निकालेका थिए ।

पूर्वगृहमन्त्रीसमेत रहेका जनार्दन शर्मा प्रभाकरले मनमा लागेका कुराहरू खुला खुलस्त राख्न पाउनुपर्ने बताए । उनले सरकार र पार्टी सञ्चालनका सन्दर्भमा अनेकन प्रश्नचिह्न खडा भएको दृष्टान्त पस्कँदै सांसद तथा पार्टीका नेतालाई आफ्ना कुरा राख्न दिइनुपर्ने तर्क गरे । “नबोले चुप लाग्यो भन्नेजस्तो हुन्छ । बोल्यो आलोचना गरेको ठहरिन्छ,” जनार्दनको भनाइ उद्धृत गर्दै एक सांसदले भने, “पार्टीका नेताहरूलाई बोल्नचाहिँ दिइयोस् ।”

त्यस्तै गुनासो सांसद रामकुमारी झाँक्रीको थियो । उनले पनि बोल्ने मञ्चसमेत नपाएको गुनासो गरिन् । शपथ ग्रहणबाहेक पार्टी केन्द्रीय कमिटीको एकफेर पनि नबसेको बताउँदै बोल्ने ठाउँ नै नभएको दुःखेसो पोखिन् । उनले पार्टी कमिटी चलायमान नभएको असर सरकार र उसले ल्याउने विधेयकमा परेको चर्चा गर्दै प्रश्न गरिन्– “विधेयकहरू बनाउँदा किन छलफल हुँदैन ? विरोधको सामना गर्नुपर्छ भनेर हो ?”

KFC Island Ad
NIC Asia

जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सकारात्मक नियतले विधेयक ल्याउँदा पनि विवादमा परेको बताउँदै रक्षात्मक उत्तर दिएका थिए । “उहाँ (प्रधानमन्त्री) पहिलेजस्तो आफ्नो निर्णयका पक्षमा दृढतापूर्वक उभिने अवस्थामा हुनुहुन्नथ्यो, रक्षात्मकजस्तो देखिनुहुन्थ्यो,” एकजना सांसदले बताए ।

“प्रधानमन्त्रीले आफूले अठार घण्टा खटेको बताउनुहुन्छ । आठ लाख सदस्यले आठ मिनेट पनि पार्टीलाई दिन पाएका छैनन् । ७५३ स्थानीय तहलाई गाइडलाइन छैन । ती भ्रष्टाचारका उपकेन्द्र बनेका छन् । स्थानीय तहका प्रतिनिधि डोजर र क्रसर मालिक बनेका छन् ? यसरी समाजवादमा पुगिन्छ ?,” उनले प्रश्न गरेकी थिइन् ।

Royal Enfield Island Ad

पार्टी कमिटी कुँज्याउने र प्रधानमन्त्री एक्लै खट्ने अवस्था अब अन्त्य हुनुपर्नेमा उनको जोड थियो ।  सरकारको लक्ष्य दलाल पुँजीवादलाई परास्त गर्ने भए पनि राज्यका निकायमा तिनै दलाल हावी भएको बताएकी थिइन् । सरकारका निर्णय नियुक्ति पार्टी कमिटीका सदस्यले थाहा नपाउने अवस्थाको अन्त्यमा पनि जोड दिएकी थिइन् ।

पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालले लामो समयदेखि बस्न नसकेको दलको बैठक बस्नु सकारात्मक भएको बताउँदै सदस्यले जिज्ञासा राख्ने र अध्यक्षले प्रकाश पार्ने कर्मकाण्डी अभ्यासको अन्त्य हुनुपर्ने बताएका थिए । उनल संसदीय दलको अजेण्डामा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।

“सांसदले प्रश्न गर्ने दलका नेता, उपनेताले जवाफ दिने होइन, अब विषयमा जाऔँ, विषयगत छलफल गरौँ,” उनको भनाइ थियो ।

रावल कड्किए– किन गर्नुपर्‍यो आईफा ?

सरकार र पार्टी नेतृत्वको कार्यशैलीका बारे शुरूदेखि नै आलोचकको छवि बनाएका नेता रावलले सोमबारको दलको बैठकमा सरकारले गर्न लागेको भनिएको भारतीय फिल्म अवार्ड (आईफा) को कटू आलोचना गरे । उनले आईफा अवार्ड किन गर्न लागिएको हो त्यसको उद्देश्य के हो भनेर प्रश्ट पारिनुपर्ने तर्क गरे ।

“भारतीय चलचित्र पुरस्कार आईफाको आयोजनाको लागि काठमाडौं महानगरपालिकाले ४४ करोड दिने, नेपालको करिब १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खबर सुन्दा आश्चर्य लागेको छ । यस्ता काम कस्को उक्साहट र स्वार्थमा कसले किन गर्छ होला ! नेकपाको स्थायी कमिटीको बैठक भए जान्न पाइन्थ्यो कि ?,” उनले सरकारको निर्णयमाथि प्रश्न उठाउँदै आएका थिए ।

एक सांसदका अनुसार रावलले सो कुरा दलको बैठकमा पनि दृढतापूर्वक राखेका थिए । र, सरकारले उक्त निर्णय अविलम्ब फिर्ता लिनुपर्ने माग गरेका थिए । त्यस्तै सरकारको कार्यशैलीप्रति प्रश्नचिह्न खडा गर्नेमा देवेन्द्र पौडेल सुनील पनि देखिए । उनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले समाजवादको लक्ष्य हासिल नहुने बताएका थिए ।

बजेत परम्परागत, वितरणमुखी भएकाले आर्थिक समृद्धिको मार्गचित्र कोर्न नसक्ने उनको भनाइ थियो ।  त्यस्तै उनले समाजवाद र दिगो विकासको लक्ष्य लिएर हिँडेको सरकारलाई बजेटले ठेस लगाएकोसमेत टिप्पणी गरेका थिए । सोमबारको बैठकमा २९ जना सांसदहरूले आफ्नो विचार राखेका थिए । सम्बन्धित मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिन अर्थमन्त्री डा. युवराज खतिवडा, भूमि व्यवस्था मन्त्री पद्मा अर्याल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई पाँच–पाँच मिनेट समय उपलब्ध गराइएको थियो । बाँकी मन्त्रीहरूले अर्को बैठकमा बोल्नेछन् ।

बैठकको अन्त्यमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले उठेका प्रश्न साम्य बनाउने कोशिस गरेका थिए । उनले पार्टी एकतामा ढिलासुस्ती हुँदा समस्या खडा भएको बताउँदै असार मसान्तभित्रमा एकता टुंग्याउने र सरकारको कामको वस्तुगत समीक्षा हुने बताएका थिए । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि सरकारको काम प्रभावकारी रहेको दलिल पेश गरेका थिए । यद्यपि प्रधानमन्त्री निकट सांसदहरू पनि सरकारको पक्षमा खुलेर प्रस्तुत हुन सकेनन् ।

नाम टिपाएका २२ सांसदले बोल्न बाँकी रहेकाले अर्को बैठक असार २१ गते ११ बजेलाई बोलाइएको सांसद कृष्ण राईले जानकारी दिए । प्रधानमन्त्री निकट केही सांसदले सरकारले गरेका राम्रा कामको प्रचार गर्ने नेता–कार्यकर्ता समेत नरहेको भन्दै पार्टी एकता छिटो टुंग्याउनुपर्ने धारणा राख्दै सरकारको बचाउ गरेका थिए ।
तस्बिरः प्रधानमन्त्रीको सचिवालय 

 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro