site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
राष्ट्रिय चलचित्र अवार्ड असार २७ गते 

काठमाडौं । तीन वर्षदेखि राकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ यही असार १७ गते हुने भएको छ । चलचित्र विकास बोर्डका अनुसार असार २७ गतेका लागि अवार्डको मिति तय भइसकेको छ । 

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्डका लागि समय र पैसा खर्च गर्ने तर नेपालको राष्ट्रिय अवार्ड वितरणमा सरकार उदासिन भएको भन्ने चौतर्फी आलोचना भइरहेकाबेला अवार्ड वितरण हुने भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“असार २७ गते हामी अवार्ड वितरण गर्दैछौं । रोकिएको ०७३ र ०७४ र यसवर्षको अवार्ड एकैपटक वितरण गर्नेछौं,” चलचित्र विकास वोर्डका अध्यक्ष केवश भट्टराई बाह्रखरीसँग भन्छन्, “राष्ट्रपतिसँग हमीले समय लिइसकेका छौं । उहाँले यसअघि पनि अवार्ड वितरणका लागि भनेर दुईपटक आइसकेको भन्दै यसपटकको तयारी कस्तो छ भनेर चासो व्यक्त गर्नुभयो ।”

निजी क्षेत्रका संस्थाहरुले वसेर्नि अवार्ड वितरण गर्दै आएपनि सरकारले भने निमितरुपमा अवार्ड वितरण गर्न नसकेको भन्दै वोर्ड र सरकारको आलोचना हुँदै आएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १५:०५
प्रतिक्रिया दिनुहोस्