site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘प्रेमगीत–३’मा गीतको भूमिकामा क्रिस्टिना (तस्बिरसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेमगीत–३’ मा ‘गीत’ को भूमिकामा क्रिस्टिना गुरुङ खड्का छनोट भएकी छिन् । अमेरिकामा बस्दै आएकी क्रिस्टिनालाई निर्माण टिमले गीतको भूमिकाका लागि छनोट गरेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।  

क्रिस्टिनाले अब अभिनेता प्रदीप खड्कासँग अनस्क्रिन रोमान्स गर्नेछिन् । निर्माण टिमका अनुसार प्लस टुसम्म नेपालमै अध्ययन सकेर अमेरिका गएकी उनी बाल्टिमोर युनिभर्सिटीमा आईटीमा स्नातक गर्दैछिन् । उनले केही म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रमा प्रदीप र क्रिस्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मीलगायत कलाकारको पनि अभिनय रहनेछ । अनुभवले प्रदीप सानो हुँदाको क्यारेक्टर निभाउने छन् । 

चैत २८ मा रिलिज हुने ‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले संयुक्तरुपमा निर्देशन गर्दैछन् । चलचित्रको कथा छेतेन र मन्दिप गौतमले लेखेका हुन् । 

तस्बिर सन्तोष सेनकाे फेसबुकबाट

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  ०९:५१
प्रतिक्रिया दिनुहोस्