site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मनोहराको रचना वाचनमा दर्जन कवि
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको उत्तर पूर्व क्षेत्रमा स्थापित मनोहरा साहित्य समाजले मासिकरुपमा गर्दै आएको रचना वाचनलाई निरन्तरता दिएको छ । शनिबार काँडाघारी क्षेत्रमा आयोजित रचना वाचनको ४५औं कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कपिल लामिछानेले वाचन गरिएका कविता मुक्तक र गजलका बारेमा आफ्नो विचार प्रस्तुत गरे । उनले आफ्नो रचना पनि वाचन गरे ।

समाजका संयोजक डिल्लीराज अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा मदनराज थापा, भवानी क्षेत्री, डा. खगेन्द्र भट्टराई र शीतल गिरीले आफ्नो मन्तव्यसहित रचना वाचन गरेका थिए ।
कार्यक्रममा कविहरू छविरमण सिलवाल, टीएन भट्ट, मुखाले रेग्मी, भावकेशर बराल, सम्पत काफ्ले, अनुराग अरुण, जसध्वज गुरुङ, पुनम घिमिरे, खोलाघरे साइँला, पुरुषोत्तम सिग्देल, रुकुम टमटाले आफ्ना कविता गीत गजल वाचन गरेका थिए ।  
 

प्रकाशित मिति: आइतबार, असार १५, २०७६  ११:२२
प्रतिक्रिया दिनुहोस्