site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नेटफिल्क्सका लागि पहल गर्दै चलचित्र ‘आप्पा’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आप्पा’ले नेटफिल्क्सका लागि पहल गरिहरेको छ । नेटफिल्क्ससँग ‘आप्पा’को कुरा मिलेको अवस्थामा यो चलचित्रले आर्थिक रुपमा सबल हुनेछ । 

“हामी नेटफिल्क्ससँगको कुराकानीमा निकै माथिल्लो तहसमम पुगिसकेका छौं । यदी कुरा मिल्यो भने यो हाम्रो लागि निकै सुखद पक्ष हुनेछ,” निर्देशक अनमोल गुरुङले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संसारभरका चलचित्र हेर्नका लागि नेटफिल्क्स सबैभन्दा राम्रो माध्यमका रुपमा परिचित छ । तोकिएको रकम तिरेपछि यसमा विश्वभरका चलचित्र हेर्न सकिन्छ । “ नेटफिल्क्समा जान सकियो भने विश्वका १९२ वटा देशमा नेपाली चलचित्र पुग्छ ।

नेपाली चलचित्रको बजारका हिसावले यो ठूलो उपलब्धी हुनेछ,” निर्देशक गुरुङ भन्छन्, “१९२ वटा देशमा नेपाली चलचित्र एकैपटक पुग्नु नेपाली चलचित्रको मार्केटिङ पनि हो ।”

बुवा र छोराको कथामा आधारित चलचित्र ‘आप्पा’ आर्ट मुभी र कमर्सियल मुभीको फ्युजन रहेको लेखक तथा निर्देशक गुरुङ बताउँछन् । दयाहाङ राई र सिद्धान्त राज तामाङ चलचित्रको मुख्य भूमिकामा छन् । 

‘आप्पा’ यही शुक्रबारबाट प्रदर्शनमा छ । 

प्रकाशित मिति: शनिबार, असार १४, २०७६  १५:२२
प्रतिक्रिया दिनुहोस्