site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र ‘जात्रै जात्रा’ले कति कमायाे ? 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’ छटौं हप्तामा प्रवेश गर्दा नौ करोड ग्रस कलेक्सन गरेको छ । ४२ औं दिनमा प्रदर्शन भइरहेको चलचित्र अहिले क्यूएफएक्स, क्युब, अष्टनारायण लगायत सिनेमा हलमा ‘जात्रै जात्रा’ दैनिक आधा दर्जन ‘शो’ प्रदर्शन भइरहेको छ । 

“आज ४२ औं दिनमा प्रवेश गर्दा नौ करोडभन्दा माथि कलेक्सन भएको छ,” ‘जात्रै जात्रा’ निर्देशक प्रदीप भट्टराईले भने, “अब ५१ दिन मनाउने निश्चित भएको छ । चलचित्र दशर्कले मन पराइदिनुभयो । यो नै अर्को चलचित्र निर्माणका लागि हाम्रा लागि उर्जा हो ।”

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । ‘जात्रै जात्रा’ चलचित्र ‘जात्रा’को सिक्वेल हो ।
 

प्रकाशित मिति: शनिबार, असार १४, २०७६  ०८:४४
प्रतिक्रिया दिनुहोस्