site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक महिनादेखि वीर अस्पतालको एमआरआई सेवा बन्द हुँदा बिरामी मारमा
SkywellSkywell

काठमाडौं । बारा सिमराकी शर्मिला पाठकलाई लगातार टाउको दुख्ने समस्या देखियो । उनी उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल विरगञ्ज गइन् । नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकले उनलाई एक सातासम्मको टाउको दुख्न कम हुने औषधी दिए  । तर उक्त औषधी एक सातासम्म सेवन गर्दा पनि टाउको दुख्न निको भएन् । 

उनी पुन: सोही अस्पताल गइन् । चिकित्सकले टाउकाको सीटीस्क्यान गनुपर्ने बताए । उनको टाउको सीटीस्क्यान गत जेठ १५ गते नारायणी उपक्षेत्रीय अस्पतालमा नै भयो । तर टाउको के कारणले दुखेको हो भन्‍ने पत्ता लागेन् । उनलाई चिकित्सकले यहाँ एमआरआई मेसिन छैन् । तर एमआरआई गनुपर्ने देखिएको छ भनेर वीर अस्पताल रिफर गरिदिए ।

उनी वीर अस्पताल उपचारका लागि पुगिन् तर सेवा पाइनन् । “नारायणी अस्पतालले वीरमा रिफर गर्‍यो तर यहाँ मेसिन बिग्रेर थन्किएको एक महिना भएको रहेछ । पैसा भए त निजीमा गएर समयमा नै उपचार गर्नुहुन्‍थ्यो, पैसा छैन् । यहाँ आउँदा त समूहबाट ऋण झिकेर आएको,” उनले  बाह्रखरीसँग भनिन्, “वीर बन्द भए पनि त्रिवी शिक्षण अस्पताल (टिचिङ्) मा कतै पाइएला कि भन्ने आशाले एक महिनापछि मात्र पालो आउँछ भनेर पठाएका छन् । एक महिनासम्म दुखाई कम गर्ने औषधी सेवन गरेर बस्नुपर्ने उनले गुनासो गरिन् । 

KFC Island Ad
NIC Asia

एक महिनादेखि टाउको दुख्‍ने समस्यले सताएपछि धादिङ्की कमला पाख्रिन उपचारका लागि धार्केमा रहेको एक फार्मेसीमा पुगिन् । त्यहाँ एक साताको औषधी दिएर निको हुने बताए पछि घर फर्किन् । उक्त औषधीले दुखाई केही कम भए पनि फेरि टाउको दुख्‍न सुरु भएपछि पुन: छोरीका साथ त्यही फार्मेसीमा गइन् । फार्मेसी सञ्‍चालकले वीर अस्पतालमा गएर एमआरआई गर्न सुझाव दियो । फार्मेसी सञ्‍चाककै सुझावअनुसार उनी वीर अस्पताल आइन् । 

फार्मेसी सञ्चालकले वीर अस्पतालमा गएर टाउको एमआरआई गर्नु सबै समस्या पत्ता लाग्छ भनेर पठाएको कमलाले बताइन् । “फार्मेसी सञ्चालकले वीर अस्पतालमा टाउकोको सबै उपचार हुन्छ भनेर पठाए । तर वीर अस्पतालमा मेसिन बिग्रेर सेवा बन्द भएको एक महिना भएको रहेछ, ” कमलाले बाह्रखरीसँग भनिन् । निजी अस्पतालमा गएर भए पनि टाउको के कारणले दुखेको हो ? त्यो समस्या पत्ता लगाएर मात्र घर फर्कने उनले बताइन् ।

Royal Enfield Island Ad

त्यसैगरी विभिन्न जिल्लाका अस्पतालहरुले एमआरआई गनुपर्ने बिरामीलाई वीर, त्रिवि शिक्षण अस्पतालमा रिफर गर्ने गर्छ । वीर अस्पतालमा उक्त सेवा बन्द भएको एक महिना भएको छ भने त्रिवि शिक्षण अस्तपतालमा १५ दिनदेखि १ महिनासम्म पालो कुर्नुपर्ने बाध्यता छ । 

एमआरआई सेवा सञ्चालन रहँदा दैनिक २० जनाले सेवा लिने गरेका थिए भने उक्त सेवा अस्पतालले सात हजारमा हुने गरेकोमा निजी अस्पतालहरुले २० हजारसम्म लिने गरेका छन् । वीरमा एमआरआई सेवा सञ्चालन हुँदा एक सातासम्म पालो आउथ्यो । 

सामान्यतया एक्सरे सीटीस्क्यानबाट पत्ता लगाउन नसकेका गम्भीर प्रकारका समस्याहरुको परीक्षणका लागि एमआरआई मेसिनको प्रयोग गरिन्छ । ब्रेन ट्युमर जोर्नीसम्बधी समस्या ढाड र मेरुदण्डसम्बन्धी समस्या, नसाका समस्या र गर्धनको नसा च्यापिएकोलगायतका समस्या देखिएमा एमआरआई मेसिनको प्रयोग गरिन्छ । 

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले एक महिनादेखि एमआरआई गर्ने मेसिन बिग्रदा बिरामीहरुलाई समस्या परेको बताए । “लामो समयदेखि पालो कुरेर बसेका बिरामीहरु मारमा परेका छन् । उक्त मेसिन बनाउने काम भइरहेको छ । अब छिटै सञ्चालनमा आउने छ,” उनले भने, “ट्रमा सेन्टरमा एमआरआई मेसिन नहुँदा त्यहाँका बिरामी पनि वीरमा नै आउने भएकोले बिरामीको चाप पनि अत्यधिक थियो ।”


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro