site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘शो’ घटाएको भन्दै ‘जात्रै जात्रा’का निर्देशकको असन्तुष्टि

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’का निर्देशक तथा निर्माताले आफ्नो चलचित्रले दर्शक पाइरहेका बेला सो घटाएको भन्दै हल सञ्चालकहरुसँग आक्रोश पोखेका छन् । आफ्नो चलचित्र हाउसफूल भइरहेका बेला ‘शो’ कटाएर हिन्दी चलचित्र ‘भारत’लाई दिइएको भन्दै ‘जात्रै जात्रा’का निर्देशक प्रदीप भट्टराई र कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि जनाएका हुन् । 

“आफ्नो ब्यापार ब्याबसाय हो । आफू  खुसी गर्न पाइएला ।  तर, ब्यबसायिक धर्म भन्ने पनि त हुन्छ होला । हामीले जति डिजर्भ गर्छौ त्यत्ति मागेका हौं,” निर्देशक भट्टराई लेख्छन्, “ नेपाली फिल्म क्षेत्रमा आफ्नो योगदानको बखान गरेर नथाक्नेहरुको मेरा भारत माहान भनेको पनि देखियो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुधबारबाट सलमान खान अभिनित ‘भारत’ रिलिज भएपछि ‘जात्रै जात्रा’ले पाउँदै आएको ‘शो’ मिल्टप्लेक्सहरुले ‘भारत’लाई उपब्ध गराएपछि ‘जात्रै जात्रा’ले पाएको ‘शो’ घटेको छ । 

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बाँनिया, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  ०९:२८
प्रतिक्रिया दिनुहोस्