site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट ढुंगा झर्नेक्रम रोकिएन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट स–साना ढुंगाहरू झर्नेक्रम जारी रहेको छ । ढुंगा झरिरहेकाले यात्रा गर्दा सतर्कता अपनाउनुपर्ने सडक डिभिजन कार्यालय चितवन भरतपुरले जनाएको छ । 

“कुनैकुनै स्थानमा माथिबाट स–साना ढुंगाहरू झर्नेक्रम नरोकिएको हुँदा हेरेर, बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध छ,” कार्यालयले भनेको छ । 

ढुंगा झरिरहे पनि मुग्लिन–नारायणगढ सडकखण्डमा कुनै पनि अवरोध नभएको सडक डिभिजन कार्यालय चितवन भरतपुरले प्रष्ट पारेको छ । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्