site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारी अस्पतालका आईसीयू पहुँच भएकालाई मात्रै !
SkywellSkywell

काठमाडौं । नुवाकोटका ४५ वर्षीय राजेन्द्र बहादुरलाई गत चैतमा खाना अड्केर श्वासप्रश्वास समस्या आएर बेहोस भए । उनलाई तुरुन्तै आफन्तले एम्बुलेन्समा राखेर वीर अस्पताल लिएर आए । चिकित्सकले आईसीयूमा राखेर उपचार गनुपर्ने बताए र तर अस्पतालमा रहेका आईसियू बेड खाली नभएको अस्पतालको प्रशासनले जानकारी दियो । 

उनलाई तुरुन्तै अल्का अस्पताल जाउलाखेलमा उपचारका लागि लगिएको राजेन्द्रका छोरा नविन राजले बाह्रखरीसँग बताए । सरकारी अस्पतालमा 'न बेड पाइने न आईसियू', उनले आक्रोश मिश्रित स्वरमा भने, “सरकारी असपतालमा धनी र पहुँच भएकाले मात्र पाउने रहेछन् । हामीहरु जस्ता गरिबले होइन् रहेछ ।”

थानकोटका हरिप्रसाद पाठककी श्रीमति मिनाको रक्तचाप बढेपछि एक्कासी बेहोस भइन् । हरिप्रसाद श्रीमतिलाई एम्बुलेन्समा राखेर मिनभवनस्थित निजामति अस्पताल उपचारका लागि ल्याए । तर त्यहाँका चिकित्सकले आईसियू खालि नभएको जानकारी दिए ।

KFC Island Ad
NIC Asia

उनले तुरुन्तै सोही एम्बुलेन्समा राखेर वीर अस्पताल ल्याए । वीर अस्पतालमा पनि आईसीयूमा बेड खाली नभएको अस्पतालका कर्मचारीले बताए । उनले श्रीमतिलाई नर्भिक अस्पतालमा लगेर उपचार गरेको बताए । “आर्थिक अवस्था कमजोर छ, सरकारी अस्पतालमा आईसीयू बेड पाउन नि मुस्किल हुँदो रहेछ”, उनले बाह्रखरीसँग भने, “निजीमा त छिमेकीसँग मागेर ल्याएको ऋण कति दिन पुग्ला ?”

वीर अस्पतालमा दैनिक १५ देखि २० जना आईसीयू बेडका बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । तर स्थान अभाव र आईसीयू पर्याप्त नुहदाँ समस्या भएको अस्पताल प्रशासन स्वीकार गरेको छ । 

Royal Enfield Island Ad

अस्पतालका एक कर्मचारीका अनुसार यहाँको आईसीयू बेड र भेन्टिलेटर पाउनु भनेको पहुँच भएकोले मात्र हो । कर्मचारी र नर्सिङ स्टाफहरु पटक-पटक बिग्रेर थन्किएका भेन्टिलेटर बनाउन प्रशासनमाभन्दा पनि अस्पताल प्रशासनले चासो नदिएको उनिहरुको गुनासो छ ।

अस्पतालमा हाल ११ वटा आईसियू बेड र ६ वटा भेन्टिलेटर रहेका छन् । तर उक्त भेन्टिलेटर र आईसीयू बेड हरेक दिन भरिएका हुन्छन् । अस्पतालमा नै शल्यक्रिया गरेका बिरामीलाई समेत चिकित्सकले बेड नपाएपछि आफू मातहतका अस्पतालमा पठाउने गरेको स्रोतको दाबी छ । अस्पतालका पाँचवटा भेन्टिलेटर मेसिन बिग्रेर ट्रमा सेन्टरको स्टोरमा थन्काएर राखिएका छन् ।
 
अस्पतालमा उपचारका क्रममा आईसीयू चाहिने बिरामी अन्य अस्पतालमा जानुपर्ने बाध्यता छ । वीरमा आईसीयू दुई देखि तीन हजार पर्छ भने अन्य निजी अस्पतालले सात हजारदेखि  १५ हजारसम्म लिने गरेका छन् ।

त्यस्तै, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुल अस्पतालको बेडको १० प्रतिशत आईसीयू हुनुपर्ने उल्लेख छ । वीर अस्पतालमा ३८६ वटा बेड छन्  । सोही अनुपातमा करिब ३९ वटा आईसीयू बेड हुनु पर्ने हुन्छ ।  अस्पतालमा ११ वटा आईसीयू र ६ वटा  भेन्टिलेटर छन् । स्थान अभाव हुँदा समस्या भएको र अर्को बिग्रेको भेन्टिलेर पनि बनाइएका छैनन् ।

त्यसैगरी, २०७२ सालको भूकम्पले गर्दा स्थान अभाव हुँदा समस्या भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । उनले भने, “स्थान अभाव हुँदा सबै आईसीयू चाहिने बिरामीलाई सेवा दिन समस्या भएको हो । जाईकाको नयाँ भवन बनेपछि सेवा दिन सकिन्छ ।” 

फाइल तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro