site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरमा दुई हजारमा उपचार गराउन एक वर्ष पालो कुर्नुपर्ने, निजीमा ३० देखि ४० हजार
SkywellSkywell

काठमाडौं । सर्लाहीका नन्दभक्त महतको बारीमा मकै भाँच्दै गर्दा एकाएक कान दुख्ने समस्या आयो । त्यो समस्या लिएर नजिकैको कृष्ण फार्मेसीमा गए । त्यो फार्मेसीले कान सफा गरेर औषधी दियो । त्यो औषधी सेवन गर्दासम्म समस्या निको भयो । तर त्यो औषधी सेवन गर्न छोडेपछि पुन समस्या बल्झियो । समस्या बल्झेपछि उनी फेरि सोही फार्मेसीमा गए । उक्त फार्मेसीले नन्दभक्तलाई काठमाडांैको वीर अस्पताल रिफर गरिदियो । 

उनी छोराको साथमा वीर अस्पताल आए । वीरमा एक घण्टा लाइनमा बसेपछि चेकजाँचको पालो आयो । अस्पतालका चिकित्सकले उनको कानको चेकजाँच गरे । चेकजाँच गर्दा उनको कानको  जाली नजिक मासु पलाएको छ । तर अपरेसन गर्न आवश्यक मेसिन अहिले एउटा मात्र भएकाले तुरुन्तै निजीमा गएर भए पनि उपचार गर्नुहोस् । यहाँ त तपाईंको कानको अपरेसन नौ महिनापछि मात्र हुन्छ, एक चिकित्सकले भनेको नन्दभक्तले बाह्रखरीसँग सुनाए । 

अस्पतालको पालो कुरेर बस्दा कानको जाली बन्द हुनुका साथै, अन्य क्यान्सरको जोखिम बढ्ने डरले छोरा र श्रीमतीले छिमेकी आफ्न्तसँग एक लाख ऋण गरेर उपचार गराएको नन्दभक्तले बताए । “गरीब दुखीको अस्पताल भनेर आयो, उपचार गर्न नौ महिना कुनुपर्नेरहेछ । त्यतिसमयसम्म पालो कुरेर बस्दा समस्या झनै बढ्ने डर लाग्यो,” उनले भने, “ छोरा र श्रीमतीले छरछिमेकी र आफन्तहरुसँग ऋण खोजेर ल्याएर उपचार गरिदिए ।” नन्दभक्त गत वैशाखको दोस्रो  साता शल्यक्रिया भएको थियो भने गत जेठमा ओम अस्पतालबाट रिफर भएर घर गएका थिए । 

KFC Island Ad
NIC Asia

त्यसैगरी, दोलखाका ४५ वर्षीय ललितकुमारी पाठकको कान चिलाउने समस्या आयो । उनले  कान सफा गरेर र तोरीको तेल कानमा हालिन् । तर त्यसले उनको कान चिलाउन छोड्नुको साटो अझ दुख्ने समस्या समेत थपियो । उनी दोलखा अस्पताल गइन् । अस्पतालले कानको जालीमा समस्या छ भन्दै दुखाइ कम गर्ने औषधी कानमा राखेर तुरुन्तै वीर अस्पताल रिफर गरिदियो । 

उनी छोराको साथमा वीर अस्पताल आइन् । वीर अस्पतालमा कानको चेकजाँच गर्दा, कानको संक्रमण भएको शल्यक्रिया गनुपर्ने चिकित्सकले बताए । अस्पतालले उनको कानको शल्यक्रिया गर्न आगामी असोजमा मिति तोकिदिएको छ । “कानमा तेल हाल्ने ,कोट्याउने गुर्नहुँदैन् रहेछ,”ललितकुमारी भन्छिन् । 
टाढाबाट आएको पाँच महिनासम्म संक्रमण बढ्ने डरले काठमाडौं मेडिकल कलेजमा भर्ना भएर शल्यक्रिया गरेको गरको बताइन् । 

Royal Enfield Island Ad

शल्यक्रिया गर्नका लागि आवश्यक पर्ने माइक्रोस्कोप उपकरण बिग्रँदा त्यहाँ आउने बिरामीलाई सेवा दिन नसकेको अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले बताए । उनले भने, “नाक, कान, घाँटी विभागमा पहिले दुई माइक्रोस्कोप थिए । एउटा बिग्रेर काम नलाग्ने भएपछि तुरुन्तै शल्यक्रिया गनुपर्ने बिरामीहरु अन्य अस्पतालहरुमा जाने गरेका छन् ।”

शल्यक्रिया गरेका बिरामीहरुका अनुसार वीरमा दुई हजार रुपैयाँमा हुने शल्यक्रिया निजीमा ३० देखि ४० हजारसम्म लिने गरिएको छ  । 

विभागका प्रमुख डा. ढुण्डीराज पौडेलले एउटा मात्र शल्यक्रिया गर्नुभन्दा अघि आवश्यक माइक्रोस्कोप एउटा मात्र भएकाले बिरामीहरुले लामो समयसम्म पालो कुरेर बस्नु परेको बताए । “निजीको खर्च व्यहोर्न नसक्ने बिरामी एक वर्षसम्म पालो कुरेर वीर अस्पतालबाटै सेवा लिने गरेका छन्”, उनले भने, “उपकरण मर्मत हुन सकेमा अहिलेभन्दा चार गुणा बढी शल्यक्रिया गर्न सकिन्छ ।”

कानको शल्यक्रियाकै हाल तीन सय बिरामी पालो कुरेर बसेको विभागको तथ्यांकले देखाएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro