site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा सावित्रा र अनिता

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत भारतमा छन् । ‘हिरो भारतीय महिला लिग’ खेल्न भारत पुगेकी स्ट्राइकर सावित्रा र मिडफिल्डर अनिता भारतीय फुटबल क्लब सेथुसँग औपचारिक रुपमा अनुबन्धित भएका छन् ।

क्लबले सावित्रालाई बिहीबार अनुबन्ध गरेको थिष्यो भने अनितालाई शुक्रबार अनुबन्ध गरेको हो । यससँगै नेपाली खेलाडी सावित्रा र अनितले यसै साताबाट सुरु हुने खेल्ने भएका छन् । सावित्राले लिगमा ९ नम्बरको जर्सी लगाउने छीन् भने अनिताले १० नम्बरको जर्सी लगाउने छिन् ।

राष्ट्रिय टोलीबाट पनि ९ नम्बर जर्सी लगाउने सावित्राले सेथुबाट पनि सोहि नम्बरको जर्सी पाएकी छन् । यता ११ नम्बरको जर्सी लगाउने अनिताले भने १० नम्बरको जर्सी पाएकी छन् ।

१४ टोलीको सहभागीता रहेको  प्रतियोगिता मे ५ बाट २२ सम्म पन्जाबमा हुनेछ । समूह ‘बी’मा रहेको तमिलनाडु क्लब सेथुले आफ्नो पहिलो खेल मनिपुर पुलिस स्पोर्टस् क्लबसँग मे ६ मा खेल्नेछ । थुले भारतीय राष्ट्रिय टिमका चर्चित खेलाडी असलता देबी लगायत स्ट्राइकर रतन बला देबी, सन्ध्या, डाग्मी गार्सी र स्विटी देबीलाई अनुबन्ध गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro