
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपमा खेल्ने अन्तिम टोलीको टुंगो लगाएको छ । बिहीबार सिटीले क्लब विश्वकपका निम्ति २७ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
प्रशिक्षक पेप गर्डिअलाको नेतृत्वमा सार्वजनिक उक्त टोलीमा गोलकिपरमा कार्कस बाटेनेल्ली, स्टेफेन ओर्टेगा मोरेना र इर्डसन मोरेस छन् । त्यसैगरी डिफेन्डरमा रुबिन डियाज, जोन स्टोन्स, न्याथन एके, रायान आइत नोरु, भिटोर रेइस, जोस्को ग्भार्डिओल, म्यानुल आकान्जी, आब्दुकोडिगर खुसनाभोर र रिको लेविस छन् ।
त्यसैगरी, मिडफिल्डरमा टिजान्नी रेन्डर्जस, जेरेमाई डोकु, निको जोनजालेज, रोड्रिगो इल्के गुन्डोगान, बर्नान्डो शिल्भा, साभिन्हो, म्याथ्युज नुनेज, रायान चेर्की, क्लौडिओ इचेर्भेरी, फिल फोडेन, ओस्कार बब र निको ओ’रिआइली छन् । र ओमर मार्माैस र अर्लिङ हाल्यान्ड स्ट्राइकर छन् ।
प्रतियोगितामा सिटी समूह ‘जी’मा छ । सिटीले समूह चरणमा मोरेकेली टोली वाइडाड, अबु दुहाबी क्लब अल आई र इटालियन टोली जुभेन्टससँग खेल्नेछ ।
संयुक्त राज्य अमेरिकामा आयोजना हुने यो प्रतियोगिता आगामी जुन १४ देखि जुलाई १३ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ३२ क्लबको सहभागिता रहनेछ ।