site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्लब विश्वकपका निम्ति चेल्सीले सार्वजनिक गर्‍यो २८ सदस्यीय टोली

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्बल चेल्सीले फिफा क्लब विश्वकपको निम्ति अन्तिम टोली सार्वजनिक गरेको छ । बिहीबार चेल्सीले प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा चार नयाँ खेलाडीसहित २८ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

टोलीमा रोर्बट स्यान्चेज, फ्ल्पि जोर्गेन्सेन, माइक पेन्डेर्स, गागा स्लोन्नी, मार्क कुकुरेला, तोसिन अदाराबियोयो, बेनोइट बादियाशिले, लेभी कोल्विल, मामाडौ सार,  एन्जो फर्नान्डेज, ट्रेनभोह चालोबाह, रिसे जेम्स, मालो गुस्ता, आरोन काइसेडो, रोमियो लाभिया, पेद्रो नेटो, लियाम डेलाप, कोल पाल्मर, नोनी माडीयुकी, निकोलास ज्याक्सन, क्रिस्टोपर एन्कुन्कु, टायरिक जर्ज, मार्क गुइउ छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चेल्सी प्रतियोगिताको समूह ‘डी’मा छ । प्रतियोगिताका निम्ति टोली शुक्रबार उड्नेछ । उसले समूह चरणअन्तर्गत पहिलो खेल जुन १६ मा लस एन्जेलस एफसी, दोस्रो खेल जुन २० मा फ्लेमिंगो र तेस्रो खेल जुन २४ मा इएस ट्युनिससँग खेल्नेछ ।

टोलीले लस एन्जेलस एफसीसँग अग्रेंजी समयअनुसार साँझ ८ बजे एट्लान्टाको मर्सडिज बेन्ज रंगशालामा, फ्लेमिंगो र ईएस ट्युनिससँग अग्रेंजी समयअनुसार क्रमशः साँझ ७ बजे र बिहानको २ बजे फिलाडेल्फियाको लिंकल्न फाइनान्सियल फिल्ड रंगशालामा खेल्ने तालिका छ ।

अमेरिकामा हुने प्रतियोगिता आगामी जुन १४ देखि जुलाई १३ सम्म चल्नेछ । प्रतियोगितामा ३२ क्लब सहाभागी हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्