site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण आगामी जेठ २३ देखि २६ अर्थात (जुन ६ देखि ९ सम्म) काठमाडौँमा हुने भएको छ ।

नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सवल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका ‘मार्ट’ आयोजना गर्न लागिएको आयोजक प्यासिफिक एसिया ट्राभल एशोसिएशन  (पाटा) नेपाल च्याप्टरले जनाएको छ ।

सन् २०१७ देखि हरेक वर्ष कार्यक्रम गर्दै आएको उक्त ‘मार्ट’  अन्तर्राष्ट्रियस्तरमा  सशक्त ‘ब्राण्ड’को रुपमा विकास हुँदै गएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा पाटाले सो ‘मार्ट’ आयोजना गर्दै आएको हो ।

‘मार्ट’को यसअघि सम्पन्न दुई संस्करणको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए । 
 उनले भने, “हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ हुँदै आइरहको छ , जसले नेपाली पर्यटन क्षेत्रकै शीर उच्च पार्नाका साथै विश्व बजारमा नेपालको सशक्त उपस्थिति जनाउन सहयोग पुगेको छ ।”

अध्यक्ष शाक्यले हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति पाएको र धरै पर्यटन स्रोत बजारबाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानले पनि यसको लोकप्रियता बढ्दै गएको बताए । 

‘मार्ट’ देशकै प्रमुख अन्तर्राष्ट्रिय ‘ट्राभल ट्रेड’ मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताए । 


‘मार्ट’को दोस्रो संस्करणमा हिमालयन राष्ट्रबाहेक पनि युएई, भियतनाम र कोरियाजस्ता राष्ट्रले विक्रेताको रुपमा सहभागिता जनाएका थिए । ‘मार्ट’को बढ्दो लोकप्रियतालाई कायम राख्दै आगामी संस्करणलाई थप सशक्त, प्रभावकारी बनाइने जनाइएको छ ।

‘मार्ट’ लाई फलदायी बनाउन अन्तर्राष्ट्रिय सम्बन्धन तथा साझेदारी, विशिष्ठ व्यक्तित्व–वक्ता निर्धारण, प्रायोजक प्रवद्र्धन, सहभागी (क्रेता तथा विक्रेतालगायत अन्य पाहुना) को आमन्त्रण तथा पत्राचारजस्ता अधिकांश आवश्यक पूर्वतयारी समपन्न भइसकेको च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताए ।   

यसअघि सन् २०१७ सालमा ५३ देशका २२५ विदेशी प्रतिनिधि र सन् २०१८ मा सम्पन्न भएको ‘मार्ट’मा ३६ देशका  १७० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।  

‘मार्ट’बाटै देशको पर्यटकीय गन्तव्य, वस्तु तथा सेवाको प्रचारप्रसार र बजारीकरणलगायत विश्वव्यापी पर्यटन एवं हस्पिट्यालिटी संघ–संस्था, कम्पनी र हिमालयन पर्यटन क्षेत्र सम्बन्धित विविध क्षेत्रमा आबद्ध व्यवसायी तथा व्यक्तित्वबीच व्यापार आदान प्रदान गराउने असीमित अवसर प्रदान गराउने विश्वास लिइएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro