site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
अन्योलमा युवा

उनी  २० वर्षर्की छिन् । अंग्रेजी र नेपाली सँगसँगै बोल्छिन् । अझै अंग्रे्रेजी नै धेरै होला ! स्मार्ट छिन् । पटकपटक ‘सिट’ ‘डह’ जस्ता शब्दको प्रयोग उनी गरिरहन्छिन् । घुँडा फाटेको जिन्स अनि ज्यानभन्दा ठुलो हुडी पहिरन छ उनको । अनुहार सानो छ तर चस्मा ठूलो । कपाल लामो छोटो पारेर काटेकी छिन् । कानमा सधैँ एअरप्लग भेटिन्छ । 

पहिलो दिनको सेसनमा मोबाइल ‘साइलेन्ट’मा राख्न र कानबाट एअरप्लग झिक्न भन्दा अचम्म मानेकी थिइन् । फेरि कुम उचाल्दै झिकेकी थिइन् । अचेल सडकमा भेटिने सामान्य युवाजस्तै छिन् ।  तर होइन, उनी त्यति सामान्य पनि होइनन् । बिहानको पढाइ छ ।  दिउँसो सानोतिनो काम पनि गर्छिन् । कलेजको शुल्कबाहेक अरु खर्च आफँै जुटाउँछिन् । घरमा माग्न मन पर्दैन रे ! यही भन्छिन् – ‘हाउ क्यान आई आस्क फर पकेट मनी म्यान, आई एम अलरेडी ट्वान्टी ?’ अनि मतिर हेर्छिन् । सायद ‘कन्फरमेसन‘ खोजेकी होलिन् । म मुसुक्क हाँस्छु । 

तीन साता भयो उनी आउन थालेको । अचेल कुरा गर्न उनलाई सहज लाग्छ रे ! भन्छिन – ‘मेरो ड्याड मोम तपाईँजस्तै भइदिए हुन्थ्यो नि ! कुरा सुन्दिने, कुरा बुझ्दिने भए यो सब झन्झट नै नहुने ।’ यत्तिक्कैमा सक्सकाएर हात झोलातिर लान्छिन् । फेरि केही सम्झिए झैँ गरेर मलाई हेर्छिन् । अनि भन्छिन् – ‘सरी, सेसनमा नो स्मोकिङ ।’ मैले नखाऊ नभनेर्कमा उनी खुसी रे ! एक दिन सुनाएकी थिइन् मलाई । नत्र, सबैले थाहा पाउनेबित्तिकै ‘लेक्चर’ दिन्छन् रे । उनले भनेकी थिइन् – ‘दे थिंक, एज इफ आई डोन्ट नो अबाउट इट, आईएम ट्वान्टी नाउ’ । उनले आँखा घुमाउँदै थपिन्, ‘समटाइम आई वान्ट टु साउट फ्रम माई लङ्स, गिवमी सम ब्रेक !’

KFC Island Ad
NIC Asia

उनी यसैगरी बोल्छिन् पूरै समय । कहिले काहीँ लाग्छ, २० वर्षको हुनु उनका लागि नियमहरु नलाग्ने समय हो, सायद । र, भित्र कतै यस्तो भइदिए पनि हुन्थ्यो भन्ने चाहना राख्छिन् । तर, उनलाई थाहा छ, यस्तो हुँदैन र हुन पनि हुँदैन । 

आज उनी मेरो अगाडि छिन् । समय, उमेर अनि समाजका नियमहरुलाई ‘च्यालेन्ज’ गर्छिन् । लामो सास फेर्छिन् । रिसाउँछिन् अनि रुन्छिन् । फेरि ग्लानिबोध हुन्छ उनलाई । भन्छिन् – ‘इट वाज रङ अफ मी’ । उनले यो सबै भनिरहँदा उनको अनुहारको भाव पढ्न खोज्छु । डराएको, अत्तिएको, निसास्सिएको बच्चाले भिडमा आफूलाई खोज्ने कोसिस गरिरहेको जस्तो लाग्छ । लाग्छ, कतै टाढा भाग्न खोजिरहेको जस्तो ।

Royal Enfield Island Ad

रस्मी (नाम परिवर्तित) उनको नाम । पहिलो दिन सोधेकी थिइन् – ‘क्यान यु कन्भिन्स माई पेरेन्टस् । द्याट, आई एम बिग एनफ टु टेक माइ डिसिजन ?’ मैले भने – ‘त्यो त सक्तिन, तर उनीहरु किन त्यसो चाहन्छन् भन्ने कुरा बुझ्न तपाईँलाई मद्दत गर्न सक्छु । इफ यु वान्ट’ । मुसुक्क हाँसेर भनिन्, – ‘आईएम सरी । आई वाज चेकिङ् यु आउट, आई ह्याड गुगल्ल्ड बिट अबाउट काउन्सेलिङ ।’ 

पहिलोचोटि कसैले यति प्रस्टसँग सोधखोज गरिएको कुरा भनेको थियो । म रमाइलो मानिरहेकी थिएँ । रस्मीसँगका सेसन नयाँ हुनेछ भन्ने त लागेकै थियो । सँगै केही चुनौती पनि महसुस गरिरहेकी थिएँ म भित्रभित्रै । 

सानै उमेरबाट होस्टल बसेकी उनी एक वर्षदेखि परिवारसँग छिन् बाबुआमा कि एक्ली छोरी । घर परिवार पनि सम्पन्न छ । बाबुआमा दुवै कमाउने । सामान्य कमाइ उनको पनि छ । तर बाबुआमासँग बस्न मन छैन । भन्छिन् – ‘अहिलेसम्म त बस्न परेन । अब किन ? अब त म ठूलो भइसकेँ । आफैँ कमाएर खान सक्छु ।’ 

उनी रिसाएकी छिन् । चार कक्षाबाटै होस्टल बसेकी उनी १२ को पढाइ सकिएपछि मात्र घर बसेकी हुन् । बिदामा आउनेजाने भएदेखि बाहेक अरु त्यति बसेकी छैनन्, घरमा । बिदामा आउँदा पनि घुमघाम नै धेरै हुने बताउँदै थिइन् उनी । ‘आई डोन्ट नो ह्वाट इट मिन्स बाइ होम ? मोमले भन्नुहुन्छ म ठूलो भएँ रे ! अब कुरा बुझ्नुपर्छ रे मैले ! म त उहिल्यै ठूलो भाको होइन् ? सानोलाई कसैले आफूबाट त्यति टाढा राख्छ त !? तपाईँ नै भन्नुस्, अब चाहिँ सँगै बस्नु पर्ने रे ! मलाई साथीहरुसँग बस्न मन छ, म यो डुज र डोन्ट्स को लडाइँ गर्न सक्तिन, आई जस्ट् कान्ट् ।’ 

उनको अनुहारमा आक्रोश पोखियो । आँखा रसाए । उनले मतिर अनुनय दृष्टि दिइन् । लामो सास फेरेर फेरि त्यही झोलातिर हात लम्काइन् । फेरि हात झिकिन् । दुवै हात बलियोसँग एकअर्काबीच  मुट्ठी पारिन् । भनिन् – ‘प्लीज हेल्प मी ! पुल मी आउट फ्रम दिस मेस्स ।’ रस्मीभित्र कतै रिसको ज्वारभाटा दन्किरहेको अनुभव हुन्छ मलाई ।

‘कमन सर्कल’को एउटा साथीसँग प्रेम छ रस्मीको । मतलब छैन कति लामो जान्छ । गुरुङ केटा हो रे तर माया धेरै लाग्छ । भन्छिन् – ‘जतिसम्म चल्छ चल्छ । ठीकै छ । यो कुरा उसले पनि बुझेको छ । त्यसैले ठीकै छ । हामी सँगै बस्न चाहन्छाँै । तर, मेरो बाबुआमाले बुझ्दैनन् । संसारले के भन्छ रे ! दो दे डोन्ट ह्याब प्रोब्लम विथ मी बीइङ इन रिलेसन विथ गुरुङ, सकिङ ! टु मच् कन्ट्राडिक्सन, आई कान्ट टेक इट !’ 

फेरि लामो सास फेर्छिन् र जुरुक्क उठ्छिन् । यता उता हिँडेर थचक्क बस्छिन् र फेरि टिठलाग्दो अनुहार बनाएर मतिरै हेर्छिन् । यसरी बेलाबेलामा उनको भावना उर्लिएको समय मबीचमै रोक्छु उनलाई । यस्तो बेला आफ्नो भावना बारे थाहा पाउन जरुरी हुन्छ । मैले  सोधेँ – ‘तपाईंको कुरा सुनेर लाग्दैछ तपाईँ रिसाइरहनु भएको छ ।’ उनी तत्कालै भन्छिन् – ‘यस् यु आर राइट । आईएम यङ्ग्री विथ देम । आईएम भेरी भेरी यङ्ग्री ।’ 

आफ्नो भावनासँग संभवतः पहिलो आत्मसात् थियो उनको । मनोविमर्शले बल्ल बाटो पक्रिएको महसुस गर्दै थिएँ । अब मैले उनलाई च्याप समाउने ठाउँ भेटेकी थिएँ । उनीसँग काम गर्न सजिलो छैन र क्लाइन्ट अबको दिनमा जुन अवस्थाबाट गुज्रिन्छ त्यस्को हेक्का पनि थियो । डर थियो, कहीँ डराएर उनी न आउने पो हुन् कि ? त्यसका लागि उनलाई तयार पनि पार्नु थियो । यस्तै बेला मनोविमर्शकर्ताको ठूलो दायित्व रहेको महसुस हुन्छ । 

यसका साथै होस्टलका पनि धेरै कुरा निस्केका छन् । अझै खोतल्नु छ, सायद बाबुआमासँग पनि कुरा गर्नुपर्ला । त्यो पनि उनको  अनुमतिमा । यी सबै भइरहँदा पछिल्लोचोटि मैले सेसन लिएका धेरै युवा अनुहारको याद आउँछ मलाई ।

अहिले धेरै युवा यस्तै अन्योलमा छन् । आफ्नो आवश्यकता के हो र समाजले के माँगी रहेको छ, यसैका बीचमा ती अड्किएका छन् । पढाइलेखाइ, प्रविधिले उनीहरुलाई ठूलो फड्को मार्ने मौका दिएको छ । संसारबारे जान्नेबुझ्ने प्रयासमा आफन्त, बाबुआमा सबैले प्रोत्साहन नै गरेका हुन्छन् । ‘तिमी अगाडि बढ’ भनिरहेका नै हुन्छन् । तर, समस्या त्यतिबेला उत्पन्न हुन्छ जतिखेर केटाकेटी आँटिला भइदिन्छन् । चलिआएका सामाजिक मूल्य मान्यतालाई चुनौती दिन थाल्छन् । आफैँ निर्णय लिन खोज्छन् । आफ्नो जीवन कसरी बिताउने भन्ने बारेमा सोच्न थाल्छन् । म के हुँ, म को हुँ भनेर आफ्नै बारेमा खोजी गर्न सुरु गर्छन् । 

यस विषयमा तिनले न त आफ्ना बाबुआमा, न आफन्त, न  समाज, कसैसँग कुनै परामर्श गरेका हुँदैनन् । न त तिनका विषयमा सोचेका नै हुन्छन् । वास्तवमा अभिभावकहरुले पनि केटाकेटीलाई अगाडि बढाउने क्रममा आफ्नो संस्कार, मूल्य मान्यता सिकाउन बिर्सिन्छन् । बस, उनीहरु अगाडि बढिरहेको हेरिरहेका हुन्छन् ।  मार्कसिटका अंक र प्राप्त मेडलमै दंग र ढुक्क हुन्छन् ती ।  बच्चाहरुको विजयमा हर्षित हुन्छन् । 

आफूले पूरा गर्न नसकेका सपना उनीहरुले पूरा गरेको सोच्दामात्रै पनि रोमाञ्चित हुन्छौँ । घमण्ड गर्छाँै । उनीहरुको राम्रो होस् भनेरै कलिलै उमेरमा आपूmबाट टाढा स्कुल होस्टलमा राखिदिन्छौँ । उनीहरुको विचारमा कस्तो परिवर्तन आउँदैछ ? के सिक्तैछन् ? ठूला त हुँदैछन् तर कस्तो मानसिकताका साथ हुर्किरहेका छन् भन्ने केलाउन र बुझ्न हामी समय खर्च गर्दैनौँ । केही अफ्ठेरोेमा परेको केटाकेटीले सुनाए भने ‘केही हुन्न, ठीक हुन्छ’ भनेर थामथुम पार्छौँ । वास्तवमा हामी डराउँछौ, केटाकेटीले हाम्रो सपनाको महल छोडेर जालान् भनेर । उनीहरुलाई सबैभन्दा राम्रो, ठूलो, उन्नत आकाश दिने होडमा हामी बिर्सिन्छौँ, ‘ती सानै छन् । तिनलाई हाम्रो साथ र मार्ग निर्देशन चाहिन्छ’ भन्ने । 

उनीहरुलाई नयाँ उचाइ दिने त कोसिस गर्छौ तर आफ्नो सोच, रहनसहनमा भने कुनै परिवर्तन ल्याउन सक्तैनौ । आफूभन्दा धेरै साना अपरिपक्व जीवनमाथि जति पनि बोझ थोपर्न चाहने र थोपर्न सक्ने हामी आफू भने कुनै बोझ बोक्न चाहँदैनौ । 

यथार्थमा बदलिदो परिस्थितिअनुसार आफूलाई बदल्ने प्रयास जरुरी छ । केटाकेटीलाई अह्राउनेमात्र होइन, उनीहरुको कुरा सुन्नु पनि आवश्यक छ । नयाँ आकाशमा उड्ने कोसिसमा हरपल उनीहरुलाई हाम्रो साथ आवश्यक भइरहेको हुन्छ । गल्ती गर्नै नदिने सोच सधैँ सही नहुन सक्छ तर गरेकोे गल्तीबाट माथि उठ्ने प्रयासमा साथ दिनु सही हुन जान्छ । 

हिजो हामी युवा हुँदा हामीमाथि यति धेरै बोझ थिएन होला जुन अहिलेका युवामाथि नजानिदो तरिकाले लादिएको छ । लैङ्गिक, आर्थिक, सामाजिक हिसाबले उनीहरुले हरपल आफूलाई उत्तीर्ण गरिरहनु परेको छ । जुनसुकै भौगोलिक अवस्था जे जस्तो भए पनि आजभन्दा भोलिका लागि उन्नत हुनुपरेको छ । सँगसँगै उनीहरुले तपाईँ हामीले समाली आएको परम्परागत सोच, रीति रिवाज, धार्मिक मान्यता, चाहे जतिसुकै पुरातन किन नहोस्, हामी आफैँलाई बोझिलो किन नहोस् त्यो पनि अत्यन्त तत्परताका साथ थामी दिनुपर्ने बाध्यता छ । 

यो कहालीलाग्दो एकाकी जीवनबाट आजै हाम्रा केटाकेटीलाई बाहिर ननिकाल्ने हो भने भोलि उनीहरुका साथै हाम्रो भविष्य पनि अन्धकार र अन्योलपूर्ण नै हुनेछ । हामीले आजै विचार गर्नुपर्ने अवस्था छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  ०७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro