काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय विदेश सचिव विजय गोख्लेबीच भेटवार्ता भएको छ।
नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार काठमाडौँ पुगेका गोख्लेले बिहीबार नै बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
आफ्ना नेपाली समकक्षी शंकरदास वैरागीसँग भारत-नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न उनी आउन आएको जनाइएको छ ।
करीब १५ महीनाअघि विदेश सचिवमा नियुक्त गोख्लेको यो पहिलो औपचारिक भ्रमण हो । भारतको विदेश सचिवमा नियुक्त भएपछि पारस्परिक विषयमा छलफल गर्न नयाँ दिल्लीबाट उच्च कूटनीतिक अधिकारीले नेपाल भ्रमण गर्ने परम्परा छ । सचिव गोख्लेका साथ सहसचिव सुधाकर दलेला पनि भ्रमण दलमा सहभागी हुनेछन् ।
Foreign Secretary Shri Vijay Gokhale paid a courtesy call on Rt. Hon'ble Prime Minister of Nepal Mr. K.P. Sharma Oli. pic.twitter.com/wEIoqOFXHP
— IndiaInNepal (@IndiaInNepal) March 28, 2019