site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मेलम्ची खानेपानी आयोजना असोजमा सकिने, दोस्रो आयोजनामा पनि एडीबीले सहयोग गर्ने 
SkywellSkywell

काठमाडौं । विकास साँझेदार एसियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानी आयोजनाको काम आउँदो असोजमा सकिने जानकारी दिएको छ ।

आउँदो अक्टुबरसम्म मेलम्ची खानेपानी आयोजनाको काम सकिने एडीबीका उपाध्यक्ष वाइचाई जियाङले जानकारी दिए । विभिन्न कारणल मेलम्चीको कामममा ढिलाइ भएको स्वीकार गर्दै उनले भने, “मेलम्चीको काम तीब्र गतिमा अघि बढेकाले निर्धारित समयमा सकिने छ ।” यस्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को संरचनामा सुधार आवश्यक भएको उनले औंल्याए । एडीबीले मेलम्चीको दोस्रो आयोजनामा सहयोग गर्न तयार रहेको जानकारी दिएको छ । 

KFC Island Ad
NIC Asia

मेलम्चीबाट थप पानी आपूर्ति बढाउन याङरी र लार्के खोलाबाट पानी ल्याउनका लागि सुरुङ योजनामा सहयोग गर्ने जियाङले स्पष्टपारे । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने जानकारी दिँदै उनले याङरी र लार्के दोस्रो योजना सम्पन्न भएपछि उपत्यकामा दैनिक ५१ करोड लिनटर पानी आपूर्ति हुने जानकारी दिए । दोस्रो आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकामा सातै दिन २४ सै घण्टा पानी आपूर्ति हुने उनले जानकारी दिए ।  

यस्तै सरकारले ल्याएको दीगो विकासअन्र्तगत आगामी सन् २०३० सम्म मध्यम आय बनाउने सरकारको योजनालाई सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।  

एडीबीले आवश्यकताअनुसार सहयोग विस्तार गरेर वार्षिक ५० करोड डलरसम्म पुर्‍याउने पुनः जानकारी दिए । नेपालमा ठूला योजना कार्यन्वयनमा ढिलासुस्ती हुने र कार्यान्वयन अधिकारीको क्षमता अभिवृद्धि हुन नसकेको भन्दै यसलाई सुधार गर्नुपर्ने आवश्यकता औल्याए । गत वर्ष आयोजना कार्यान्वयनमा सुधार आएको बताउँदै एडीबी सहयोगका ३५ करोड ८० लाख डलर बराबरको ठेक्का सम्झौता भएको भन्दै उनले यो ठूलो उपलब्धी भएको दावी गरे । सोमध्ये हालसम्म २० करोड १० लाख डलर ऋण निकासा भएको उनले जानकारी दिए ।

आगामी ३ वर्षका लागि एडीबीले विभिन्न परियोजनामा ८४ करोड ३८ लाख डलर सहयोग गर्ने योजना सार्वजनिक गरे । उनले यो सहयोग सन् २०१७ देखि २०१९ सम्मका लागि यो रकम सहयोग गर्ने जियाङले स्पष्टपारे ।
एडीबीले तनहुँ जलविद्युत आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन विमानस्थलको स्तरोन्नोती, काठमाडौं उपत्यका विद्युत वितरण प्रणालीमा सुधारजस्ता ठूला आयोजनामा सहयोग गर्दै छ । यस्तै एडीबीले पूर्वपश्चिम राजमार्गको विस्तार, मेलम्चीको दोस्रो आयोजना र दूधकोसी जलासययुक्त आयोजनालगायत ठूला पूर्वाधारमा सहयोग गर्ने जियाङले प्रतिवद्धता व्यक्त गरे । 

विस्तृत आयोजना प्रतिवेदन तयार भएका आयोजनामात्र अघि बढाउने सरकारी योजना, सार्वजनिक खरिद ऐनमा सुधारले आयोजना कार्यन्वयनमा सहजता आएपनि सरकारी ढिलासुस्ती र सरकारी कर्मचारीको क्षमता नहुँदा अझै ढिलाइ हुने गरेको उनले बताए । उनले सरकारी अधिकारीको क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७३  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro