विदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले आफ्नो आणविक हतियार छोडे विश्वकै आर्थिक शक्ति हुन सक्ने बताएका छन् । ट्रम्पले ट्विट गर्दै अरु देशमा भन्दा उत्तर कोरियामा तीव्र विकासका लागि सम्भावना रहेको बताएका छन् ।
अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियामा अझै चुनौति रहेको बताएको केही समयपछि नै राष्ट्रपति ट्रम्पले आइतबार सो कुरा बताएका हुन् । ट्रम्पले पर्सि बुधबार उत्तर कोरियाका नेता किम जोङ उनलाई भियतनामको हनोइमा भेट्दैछन् ।
(बीबीसी)
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५ १२:१४
प्रतिक्रिया दिनुहोस्