site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दाताको लगानी सबैभन्दा बढी तीन नम्बर प्रदेशमा, कम एकमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । दाताहरुले नेपालको विकासका लागि दिने आर्थिक सहायता सबैभन्दा बढी प्रदेश नं. ३ मा खर्चिने गरेको पाइएको छ । दाताको सबैभन्दा कम आर्थिक सहायता भने प्रदेश नं. १ मा रहेको छ । 

अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७४–०७५ मा दाताहरुले प्रदेश नं. ३ मा ३३ करोड २४ लाख ७७ हजार ७ सय ६८ अमेरिकी डलर (करिब साढे ३७ अर्ब रुपैयाँ) लगानी गरेका थिए । दाताहरुले विभिन्न विकास आयोजनामा उक्त लगानी गरेका थिए । दाताहरुले प्रदेश नं. ३ मा गरेको लगानी प्रतिजनता ६०.१ अमेरिकी डलर पर्न आउँछ । 

Prabhu Bank
Agni Group
NIC Asia

दाताहरुको दोस्रो ठूलो लगानी सुदूरपश्चिम प्रदेशमा रहेको छ । दाताहरुले गत आर्थिक वर्ष सुदूरपश्चिम प्रदेशमा ६ करोड ४४ लाख २५ हजार ६ सय १७ अमेरिकी डलर (करिब ७ अर्ब २८ करोड रुपैयाँ) खर्च गरेका थिए । दाताहरुले सुदूरपश्चिम प्रदेशमा गरेको खर्च प्रतिव्यक्ति २५.२ अमेरिकी डलर पर्न आउँछ । 

दाताहरुले तेस्रो ठूलो लगानी प्रदेश नं. ५ मा गरेका छन् । प्रदेश नं.५ मा दाताहरुले गत वर्ष ६ करोड १३ लाख १९ हजार ३ सय ७ अमेरिकी डलर (करिब ६ अर्ब ९२ करोड रुपैयाँ) खर्चेका थिए । विभिन्न विकास आयोजनामा खर्च गरिएको उक्त रकम त्यहाँको प्रति जनता १२.५ अमेरिकी डलर पर्न आउँछ । 

Global Ime bank

दाताहरुको चौथो ठूलो लगानी कर्णाली प्रदेशका आयोजनामा गरेको देखिन्छ । कर्णाली प्रदेशमा दाताहरुले गत वर्ष ६ करोड १३ लाख ५ हजार ७ सय १७ अमेरिकी डलर (करिब ६ अर्ब ९१ करोड रुपैयाँ) लगानी गरेका थिए । उक्त रकम त्यहाँका जनतालाई प्रत्यक्ष बाँडेको भए प्रतिव्यक्ति ५२.५ अमेरिकी डलर पर्ने देखिन्छ । 

दाताहरुले प्रदेश नं. २ मा गत आर्थिक वर्ष ६ करोड ११ लाख १८ हजार ८ सय ७३ अमेरिकी डलर (करिव ६ अर्ब ९० करोड रुपैयाँ) लगानी गरेका थिए । दाताहरुको यो लगानी प्रतिव्यक्ति ११.३ अमेरिकी डलर पर्न आउँछ । प्रदेश नं.२ पछि दाताहरुको ठूलो लगानी गण्डकी प्रदेशमा रहेको छ । गत वर्ष दाताहरुले गण्डकी प्रदेशमा ६ करोड ६ लाख २० हजार ४ सय ३ अमेरिकी डलर (करिव ६ अर्ब ८५ करोड रुपैयाँ) लगानी गरेका थिए । उक्त लगानी प्रतिव्यक्ति २५.१ अमेरिकी डलर पर्न आउँछ । 

दाताहरुको सबैभन्दा कम लगानी प्रदेश नं. १ मा रहेको छ । दाताले प्रदेश नं.१ मा ५ करोड ८३ लाख १४ हजार ७ सय २० अमेरिकी डलर (करिव ६ अर्ब ५८ करोड रुपैयाँ) लगानी गरेको देखिन्छ । दाताको उक्त लगानी प्रतिव्यक्ति १२.९ अमेरिकी डलर पर्ने देखिन्छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  ०७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC