site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउनयता टिपरको ठक्करबाट १० जनाको मृत्यु, ४३ घाइते
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

टिपरको ठक्करबाट आइतबार ज्यान गुमाएका लगनलाल राजवंशीको साइकल । 


विराटनगर । प्रदेश–१ मा टिपरको आतंक मौलाउँदो छ । ग्रामीण क्षेत्रमा मात्र नभएर सहरी क्षेत्रमासमेत यसबाट हुने दुर्घटनाको जोखिम बढेको छ । प्रहरी निगरानी र ‘पिक आवर’ मा रोक लगाए पनि दुर्घटनामा कमी आएको छैन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मोरङको सुन्दरहरैंचा नगरपालिकामा बालिकाको मृत्यु भएको दुई साता बित्न नपाउँदै विराटनगरमा फेरि टिपरको ठक्करबाट आइतबार एकजना साइकल चालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका २ बरगाछीमा तीव्र गतीमा रहेको को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट आइतबार अन्दाजी ४५ वर्षीय साइकलयात्री मोरङको कटहरी गाउँपालिकाका लगनलाल राजवंशीको मृत्यु भएको छ । राजवंशीको घटनास्थलमै मृत्यु भएको थियो । 

पूर्वबाट बरगाछी चौकमा आइपुगेर उत्तर कञ्चनबारीतर्फ मोडिन खोज्दा को १ ख ७०९२ नम्बरको टिपरले साइकलयात्री पुरुषलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । टिपरका चालक इटहरीका ५६ वर्षीय नुना सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालिकाको मृत्यु भएको घटना सेलाउन नपाउँदै विराटनगरमा टिपरकै कारण अर्को दुर्घटना भएपछि प्रहरीले अनुगमन र निगरानी बढाएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । 

Royal Enfield Island Ad

गत माघ १४ गते मोरङको सुन्दरहरैंचा नगरपालिका ९ मा टिपरको ठक्करबाट ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि आक्रोसित स्थानीयले सातवटा टिपरमा आगजनी गरेका थिए । त्यो घटनापछि नगरपालिका क्षेत्रमा नपाकै अगुवाइमा टिपर सञ्चालनमा रोक लगाइएको थियो । नगरपालिकाका प्रमुख शिव ढकालले भने,‘‘अहिले भने बढी भीडभाड हुने र आउजाउ हुने समयमा नचलाउने नियम लगाइएको छ ।’’ सुन्दरहरैंचामा गत कात्तिक १३ गते पनि टिपरले स्कुटरलाई ठक्कर दिँदा चालक उदयपुर रौतामाईकी ३५ वर्षीया किगिता कटुवालको मृत्यु भएको थियो ।

१० जनाको मृत्यु, ४३ घाइते
प्रदेश १ का विभिन्न जिल्लामा टिपरको ठक्करबाट यात्रुको मृत्यु हुने दर बढ्दो छ । सबैभन्दा धेरै मोरङका घटना भएका छन् । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्यांकअनुसार साउनदेखि माघ २७ गतेसम्म टिपरको ठक्करबाट प्रदेशमा १० जनाले ज्यान गुमाएका छन् । घटनामा ४३ जना घाइते भएका छन् । सबैभन्दा धेरै सातवटा घटना मोरङमा भएका छन् । ती घटनामा यो जिल्लामा चार जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन् । 

तथ्यांकअनुसार यो अवधिमा उदयपुरमा चारवटा दुर्घटना भएकोमा तीन जनाले ज्यान गुमाएका छन् । घटनामा परी उदयपुरमा मात्रै २९ जना घाइते भएका थिए । गत मंसिर ११ गते टिपर पल्टिदा २९ जना फुटबल खेलाडी घाइते भएका थिए । यो अवधिमा सुनसरी, सोलुखुम्बु र भोजपुरमा टिपर दुर्घटना भएका थिए । दुर्घटना रोक्न प्रदेश सरकारले ‘पिक आवर’मा साँझ बिहान टिपर सञ्चालनमा रोक लगाएको छ तर पनि दुर्घटना भने घट्न सकेको छैन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठ प्रहरीकोतर्फबाट टिपरको निगरानी बढाइएको बताउँछन् । भने,‘‘सहरी क्षेत्र र बढी भीडभाड हुने इलाकामा बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र अपरान्ह ४ देखि ६ साँझ बजेसम्म टिपर सञ्चालनमा रोक लगाएका छौं ।’’ 

प्रदेशसभामा सांसद बिन्दिया कार्कीले टिपर आतंकबारे आफ्ना धारणा राख्दै यसका चालकलाई लाइसेन्स दिने क्रममा कडाइ गर्नुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराएकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro