site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङ दुर्घटनाका सबै मृतकको सनाखत: मृत्यु हुनेमा जुम्लाका ११ जना विद्यार्थी
SkywellSkywell

दाङ । दाङको राम्रीमा भएको बस दुर्घटनामा परेर मृत्यु भएका २३ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालयका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १/१ जना रहेका छन् । 

जसमा दाङका बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ वर्षीय प्रदिप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २२ वर्षीय गणेश बिक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ वर्षीय कबिता खत्री, दंगीशरण गाउँपालिका १ घर भएका २० वर्षीय  सञ्जीत रत्गैयाँ रहेका छन् ।

त्यस्तै जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ वर्षीया कुशुम रावल, जुम्ला चन्दननाथ नगरपालिका ३ घरभएका १७ वर्षीय हिम्मत बोहरा, जुम्ला कन्का सुन्दरी गाउँपालिका ५ घर भएका २० वर्षीय विरेन्द्र कडारा , जुम्ला हिमा गाउँपालिका ५ घर भएका १७ वर्षीया शैलजा शाही, जुम्ला चन्दनथान १० का १८ बर्षीय रुपेश शाही, जुम्ला चन्दननाथ १४ का १७ वर्षीय रितेन्द्र शाही, जुम्ला चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय, जुम्ला तिला गाउँपालिका १ का जंगबहादुर बिक, जुम्ला चन्दननाथ ३ का १८ वर्षका अर्जुन शाही, जुम्ला चन्दननाथ १० का बिपना खत्री , जुम्ला तिला गाउँपालिका ३ का रमेश उपाध्याय रहेका छन् ।

KFC Island Ad
NIC Asia

त्यस्तै शिक्षक रुकुम भुमे गाउँपालिका ६ का २८ वर्षीय नरेश वली , डोल्पा जग्दुला ७ निवासी १६ वर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ घरभएका १७ वर्षीय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ वर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ वर्षीय महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावलको दुर्घटनामा परि मृत्यु भएको हो ।

दुर्घटनाका परि १९ पुरुष र ४ महिलाको मृत्यु भएको हो । साथै १४ जनाको नेपालगंज मेडिकल कलेज र नर्सिङ होममा उपचार भईरहेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको हो । २२ जना घटनास्थलमै र एकजना नेपालगंज उपचारको क्रममा निधन भएको हो ।

Royal Enfield Island Ad

घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन बातावरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्ती यातायात प्रालिको बस रिर्जभ गरेर बिद्यार्थी तथा शिक्षकहरु भ्रमणमा गएका थिए । 

हेलिकप्टर मार्फत ७ वटा शव जुम्ला लगियो
राम्री दुर्घटनामा परि मृत्यु भएका ७ जनाको शवलाई शनिबार हेलिकप्टर मार्फत जुम्ला लगिएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत अपरान्ह जुम्लाको ६ वटा र डोल्पाको एक जनाको शव जुम्ला लगिएको हो । 
तुलसीपुरको टरिगाउँ एयरपोर्टबाट बाट उनीहरुको शव जुम्ला लगिएको हो ।

जुम्ला चन्दनाथ नगरपालिका वडा नं.१४ निवासी १९ वर्षीय १९ रिपेन्द्र शाही, चन्दनाथ नगरपालिका १० निवासी १६ वर्षीय रुपेश शाही, चन्दनाथ ननगरपालिका ३ निवासी १६ वर्षीय देबी प्रसाद उपाध्याय, जुम्ला चन्दनाथ नगरपालिका १० निवासी १७ वर्षीया बिपना खत्री, जुम्ला तिला गाउँपालिका वडा नं. ३ निवासी १९ को वर्षीय रमेश उपध्याय, जुम्ला रारालिखि गाउँपालिका वडा नं. १ बस्ने १९ वर्षीय जंग बहादुर बुढा र डोल्पा जगदुल्ला गाउँपालिका ५ निवासी १६ बर्षीय गजेन्द्र एडीको शब हेलिकप्टर मार्फत जुम्ला लगिएको हो ।

घटनाप्रति दुःख ब्यक्त गर्दै एकदिन बिद्यालय बन्द हुने
तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै तुलसीपुर उपमहानगरपालिका भित्रका बिद्यालय एक दिन बन्द हुने भएका छन् । तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्रीमा शिक्षक र बिद्यार्थी चढेको बस दुर्घटना भएको प्रति दुःख ब्यक्त गर्दै तुलसीपुर उपमहानगर शिक्षा महाशाखाको शनिबार बसेको बैठकले तुलसीपुरका सबै बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

दुर्घटनामा परि बिद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै आईतबार शोक मनाउने निर्णय गरेको शिक्षा शाखा सदस्य दीपक कुमालले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०७५  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro