site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा जन्ती बोकेको स्करपियो दुर्घटना, बेहुलाका बुबाआमासहित ६ जनाको मृत्यु

दाङ । चितवनबाट बाँकेका लागि जन्ती लिएर हिँडेको स्करपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गएराति दाङ रिहारमा महाकाली यातायातको बस र  स्करपियो एकआपसमा ठोकिँदा उनीहरुको मृत्यु हो । दुर्घटना परि पाँच पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु २ जना घाइते छन् ।

बा १२ च ३१२२ नम्बरको स्करपियो र महाकाली यातायातको ना ५ ख ४०९० नम्बरको महेन्द्रनगरबाट आउँदै बस ठोक्किएका थिए । दुलाहा दुलही अर्को बसमा भएको र स्करपियोमा आफन्त रहेको प्रहरीले जनाएको छ । बेहुलाका बुबाआमासहित अन्य आफन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मृत्यु हुनेहरुमा बाँके राप्ती सोनारीगाउँपालिका ८ शम्शेरगञ्ज बस्ने बर्ष ४९ का विश्वनाथ अधिकारी, सोही ठाँउका वर्ष ५ प्रविन केसी, वर्ष ५३ का मानबहादुर केसीको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु हो । यस्तै सोही गाउँपालिका ८ का बर्ष ४९ कि बिमला खत्री, वर्ष ३१ दिपक कुमार खड्का र कोहलपुर नगरपालिका १२ का वर्ष ७८ का दक्तबहादुर खत्रीको लमही अस्पतालमा मृत्यु भएको हो ।

मृतक मानबहादुर केसी बेहुलाका बुबा र बिमला खत्री आमा भएको बताइएको छ ।

घाइते हुनेमा राप्तीसोनारी ८ वर्ष ४५ कि गिता देवी खत्री र चालक यमबहादुर बुढा रहेका छन् । घाइते दुबैलाई नेपालगञ्ज कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको फ्लोरेन्स अस्पताल लमहीका प्रमुख डा.पुष्प भुषालले बताएका छन्  । 
मृत्यु भएको सबैको शव पोष्टमाटमका लागि लमही अस्पतालमा राखिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  ०७:०३
प्रतिक्रिया दिनुहोस्