site stats
बाह्रखरी :: Baahrakhari
खेल
खेलाडी सम्मानित 

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद प्रतिभा पुरस्कारबाट ६ खेलाडीलाई सम्मान गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा भारत्तोलनका कमलबहादुर अधिकारी, तेक्वान्दोकी यानकुमारी चौलागाई, पारा तेक्वान्दोतर्फ रन्जना धामी एथ्लेटिक्सकी विश्वरुपा बुढा, सोमबहादुर कुमाल र भलिबलकी निताकुमारी शाह सम्मानित भएका छन् । 

एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया, ब्याडमिन्टन रेफ्री दिपक थापा, खेल चिकित्सक अजयशम्सेर जबरा सम्मानित भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघसंस्थातर्फ नेपाल बोसिया संघ सम्मानित भएको छ । सम्मानित सबैले १ लाखका दरले पुरस्कार पाएका छन् । यस्तै, गोरखापत्र दैनिकका सबिता शर्मा, सामुदायिक सुचना नेटवर्कका लिलप्रकाश चन्द, जनता टेलिभिजनका रामकुमार एलन र अनलाइन खबरका विश्वास खड्का युवा पत्रकार पुरस्कारबाट सम्मानित भएका छन् । सम्मानित पत्रकारले जनही ५० हजार रुपैयाँ पाएका छन् । 

खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशवकुमार बिष्ट, उपाध्यक्ष पिताम्बर तिम्सिनालगायतले सम्मान गरेका हुन् ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५  १६:२६
प्रतिक्रिया दिनुहोस्