site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डडेलधुरा दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो, १३ जना घाइते (अपडेट) 

काठमाडौं । डडेलधुरामा बिहीबार बेलुका एउटा स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । डडेलधुराबाट डोटीतर्फ जाँदै गरेको से १ क नम्बरको बस दुर्घटनामा परेको थियो । के आई सिंह राजमार्ग अन्तर्गत डडेलधुराको रडुवा खोलामा बस दुर्घटनामा परेको हो ।  जिल्लाको उग्रतारा मन्दिरमा मेला भर्न गएर फर्किने क्रममा रुडुवा खोलाको भीरबाट ३ सय मिटर तल खस्दा १८ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेशका डीआईजी सुरज केसीले जानकारी दिए ।

मृत्यु हुनेमा ५ जना महिला र १३ जना पुरुष रहेका छन् । घाइते १३ जना रहेका छन् । ८ जनालाई नेपालगञ्ज पठाइएको छ भने बाँकीको उपचार धनगढीमा उपचार भइरहेको ट्राफिक निर्देशनालयका डीआईजी पूर्णचन्द्र जोशीले जानकारी दिए । मृतकको अहिलेसम्म पहिचान हुन नसकेको उनले जानकारी दिए । उनका अनुसार बस भीरबाट तल खसेको छ । राति अबेरसम्म पनि उद्धार कार्य जारी थियो ।

डोटीको एक स्थानीय पीस जोन बोर्डिङ स्कुलको बस भएको प्रहरीले जनाएको छ । बोर्डिङ स्कुलको बस भए पनि मेला भर्न पुगेका स्थानीय बसमा सवार थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०७५  ०७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro