site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
डेमोक्रेट पार्टीलाई फाइदा, नेपाली मुलका ह्यारीले राज्य डेलिगेटमा चुनाव जिते
Sarbottam CementSarbottam Cement

अमेरिका । अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्रेट पार्टीलाई फाइदा भएको छ । सन् २०१६ पछि वासिङ्टनको राजनीतिक बृत्तमा आफ्नो शक्ति गुमाएको डेमोक्रेट पार्टीले पुन त्यहाँ फर्किने मौका पाएको छ ।  तल्लो सदन मानिने कंग्रेसमा डेमोक्रेट पार्टीले बहुमत प्राप्त गरेको छ । ४३५ सदस्य सिट संख्या रहेको कंग्रेसमा पहिले भन्दा २४ स्थान थप गर्दै डेमोक्रेट पार्टीले त्यहाँ आफ्नो बहुमत प्राप्त गर्न सफल भएको हो । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिनिधित्व गर्ने पार्टी रिपव्लिकनले माथिल्लो सदन मानिने सिनेटमा बुहमत कायम गर्न सफल भएको छ । यो नतिजाले आउने दुईवर्ष तल्लो सदन कंग्रेस र माथिल्लो सदन सिनेटमा फरक फरक पार्टीको बहुमत रहने अवस्था सृजना भएको छ । 
राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेट पार्टी नेता नेन्सी पोलोसीलाई मंगलबार साँझ नै टेलिफोनमार्फत कंग्रेसमा जितेकोमा वधाई दिएका छन । 

यो निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई वर्षे कार्यकालप्रति अमेरिकी जनताको अभिमतसँग जोडेर हेरिएको थियो । सिनेटमा पुनः बहुमत राख्न सकेकाले राष्ट्रपति ट्रम्पलाई पनि निर्वाचनले केही राहत दिएको छ । तर, तल्लो सदन कंग्रेसमा आफ्नो पार्टीको बहुमत नहुँदा राष्ट्रपतिलाई स्वछन्द रुपमा अगाडि बढ्न भने कठिन हुने छ । डेमाक्र्याट पार्टी उदार इमिग्रेशन, आम्दानीका हिसावले कम र मध्यमवर्गमा पर्नेलाई सर्वसुलभ स्वास्थ्य बीमा, शिक्षा जस्ता नीतिको पक्षपाती पार्टी हो । राष्ट्रपति ट्रम्पभने इमिग्रेशन मुद्दामा अनुदार छन् । यो निर्वाचनमा इमिग्रेशन, स्वास्थ्य बीमा र अर्थतन्त्र मुख्य मुद्दा भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकाको अर्थतन्त्र भने अहिले राम्रो अवस्थामा छ । बेरोजगारी दर निकै कम छ । आर्थिक बृद्धिदरपनि पहिले भन्दा उच्च छ । यसले गर्दा रिपव्लिकन पार्टीलाई केही फाइदा पुगेको थियो ।  कोलोराडोमा जेरार्ड पोलिस गभर्नर निर्वाचन भएका छन् । उनी अमेरिकाको इतिहासमा पहिलो घोषित समलिंगी गभर्नर हुने भएका छन् । जेरार्ड नेपालसँग पनि निकट मानिन्छन् ।

टेक्ससमा सिनेटर टेड क्रुज पुनः चयन भएका छन् । उनले प्रारम्भिक नजिता पछि नै विजयी भाषण गरेका थिए । डेमोक्रेट पार्टीले तीन स्थानमा आफ्ना पकड गुमाउँदा सिनेटमा बहुमत हुने संभावना समाप्त भएको हो । 

Global Ime bank

यो निर्वाचन अमेरिका स्थायी रुपमा बस्ने नेपाली समुदायको पनि निकै चासो बढेको थियो । कयौं नेपालीले समाजिक संजालमार्फत भोट हाल्न जाउँ जस्ता सन्देश पोष्ट गरेका थिए । थुप्रै नेपाली निर्वाचन अभियानमा सहभागी थिए । चन्दा दिने देखि उम्मेदवारलाई घरमा डाकेर नेपालीले राजनीतिक कार्यक्रम समेत गरेका थिए । 

कोलोराडोका नारायण श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, टेक्ससमा प्रभात दिक्षीत लगायत नेपालीहरु डेमोक्रेट पार्टीका उम्मेदवारलाई नेपाली समुदाय माफ चिनाईरहेका थए । नेपाली भाषी (नेपाली र भुटान) करिब १ लाख भोटर रहेको अनुमान गरिएको छ । 

नेपाली मुलका ह्यारी भण्डारीले जिते

मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट सदस्यका लागि मगंलबार भएको निर्वाचनमा नेपाली मुलका अमेरिकी ह्यारी भण्डारी विजयी भएका छन् । तीन जना निर्वाचन हुने उक्त स्थानमा ह्यारी दास्रो स्थानमा आइ जित हासिल गरेका हुन् । प्रारम्भिक मतगणनामा उनी दोस्रो स्थानमा परेका थिए । यो अन्तिम सम्म पनि कायम रहँदा ह्यारी सजिलै विजयी भएका थिए । ह्यारीले २० हजार ९ सय ६६ मत पाएका छन् ।

ह्यारी हाउस अफ डेलिगेट क्षेत्र ८ मा डेमोक्र्याट पार्टीवाट उम्मेदवार थिए् । उनको यो जितसँगै अमेरिकी राजनीतिमा सवैभन्दा माथिल्लो पदमा निर्वाचित हुने उनी पहिलो नेपाली अमेरिकी भएका छन् । नेपालमा पर्वतमा घर भएका ह्यारी सन् २००५ मा अमेरिका आएका थिए । उनी  अंग्रेजी भाषा शिक्षक पनि हुन् । मेरिल्याण्डका शिक्षकहरुले उनको उम्मेदवारीलाई समर्थन गरेका थिए । यसले पनि ह्यारीलाई जित्न सजिलो भएको हो ।  


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement