site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell
KFC Island Ad
NIC Asia

एम्बुलेन्स जाममा रोकिएर बिरामीको मृत्यु हुने अवस्था सायद ट्राफिक अव्यवस्थाको चरमरूप हो । यसभन्दा नराम्रो ट्रफिक अव्यवस्था बिरलै हुन्छ । नेपालले अहिले यस्तै कुव्यवस्था भोग्दैछ । राजधानी भित्रिने मुख्य नाका नागढुंगा – नौबीसे सडकमा बुधबार एम्बुलेन्स सडकमा रोकिँदा चितवनबाट उपचारका लागि काठमाडौं ल्याइँदै गरेकी बिरामी महिलाको मृत्यु भएको छ । कुनै प्राकृतिक प्रकोप वा ठूलो दुर्घटनाका कारण सडक अस्तव्यस्त भएर जाम भएको भने हैन । सरकारले नै मर्मतका नाममा बाटो बन्द गरेकाले नागढुंगा – नौबीसे सडक खण्डमा केही दिन यता घन्टौं जाम हुनेगरेको छ । नागढुंगा – नौबीसे सडक खण्डको मर्मत जिम्मा लिएको कम्पनीले पहिले काम गरेन । अहिले यात्रुको चाप बढ्ने बेलामा सडक बन्द गरेर काम गरेको देखाएको छ । ठेक्काको सर्तमा सडक बन्द गर्न पाउने न पक्कै नहुनुपर्ने हो ।  

सडक विभागले दिने अधिकांश ठेक्का ‘कामचोर’ ठेकेदार र कर्मचारीको मिलेमतोमा केही कम्पनीले हात पाछएन् । त्यस्ता कतिपय कम्पनीका मालिक सांसद र मन्त्रीसमेत छन् । राजनीतिक प्रभाव र भ्रष्टाचारकै कारण यात्रुले पाउने सास्ती र राज्यको हानिलाई कहिल्यै सरकारले गम्भीररूपमा लिएको देखिएको छैन । अधिकांश ठेक्का सर्तअनुसार समयमा सम्पन्न हुँदैनन् । कामको गुणस्तर पनि मापदण्डअनुरूप हुँदैन । तर, ठूलो भनिने राजनीतिक प्रभाव भएका ठेकेदारलाई काम नगरेबापत सर्तअनुरूप जरिवाना गर्ने वा गुणस्तर कायम नभएकोमा कारबाही भएको समाचार अहिलेसम्म सार्वजनिक भएको छैन । अर्थात्, यात्रुले पाएको सास्ती र राज्यको क्षति सरकारका सम्बन्धित कर्मचारीसमेतकै मिलोमतोको परिणाम त हो नै यसमा उच्च राजनीतिक संलग्नतासमेत हुनसक्छ । जनताका यता शत्रुहरू धिक्कारका पात्र हुन् ।

दसैंका लागि याुत्रको चाप बढ्ने बेलामा सडकै बन्द गर्ने धिङ्न्याइँ जानाजानी गरिएको हो भने जनताविरुद्ध गरिएको अपराध हो । यति बेला सडक बन्द गर्नु हुँदैनथियो भन्ने नजानेको हो भने त्यस्तो निकम्मा राजनीतिक वा प्रशासनिक नेतृत्वले देशका लागि भारमात्रै हो । सडक विभागका सम्बन्धित अधिकारीले गत असार मसान्तसम्म के कारणले ठेकेदारलाई काममा लगाउन सकेनन् र अहिले किन यात्रुलाई अमानवीय यातना हुनेगरी सडकै बन्द गराउनु परेको हो ? सरकारले यसको उत्तर जनतालाई दिनुपर्छ । सबैभन्दा पहिले त बिरामी एम्बुलेन्समा नै मर्नुपर्ने अवस्था उत्पन्न गर्नेहरूलाई सजाय हुनुपर्छ । यस्तो लाजमर्दो नालायकी सार्वजनिक भएपछि नैतिकता भए यातायात मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वले राजीनामा गरिसक्नुपर्थ्यो। कम्तीमा मृतकका परिवार र सास्ती भोग्ने यात्रुहरूसँग माफी माग्नुपथ्र्यो । व्यक्ति विशेषको स्वार्थ पूरा गर्न राज्यको अर्बौंको नोक्सानी र असंख्य यात्रुलाई सास्ती कटाउनेहरू जनताका अपराधी हुन् । सरकार जनताका शत्रुको संरक्षक बनबोस् ! जस्तै अवस्थामा पनि एम्बुलेन्स रोकिनु हुँदैन । आयन्दा कुनै बिरामीले सडक जाम भएका कारण एम्बुलेन्समा प्राण त्याग्न नपरोस् !   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०७५  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro