site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सातौं राष्ट्रिय खेलकुदः पूर्वाञ्चलका खेलकर्मी उत्साहित
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

विराटनगर। ‘पूर्वाञ्चलमा खेलकुद सातौं, विविधतामा रमाएर बाँचौ’ भन्ने नाराका साथ पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारबाट जारी छ । विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्या भण्डारीले औपचारिक रुपमा उद्घाटन गरेसँगै चारपटक मिति सरेको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको हो ।
प्रत्येक २ वर्षमा हुने गरी २०३८ भदौमा काठमाडौंमा शुरु भएको राष्ट्रिय खेलकुद ३५ वर्षपछि पहिलोपटक पूर्वाञ्चलमा सुरु भएको हो । 
खेलकुदको उर्बर भूमी मानिने पूर्वाञ्चलका विभिन्न सहरमा बृहत सातौँ राष्ट्रिय खेलकुद सुरु भएसँगै खेलकर्मीहरु पनि उत्साहित बनेका छन् । पुर्वाञ्चल क्षेत्रमा पहिलो राष्ट्रिय खेलकुद आयोजना भएपछि पूर्वाञ्चलका खेलकर्मीहरुले आफ्नो क्षेत्रमा खेलकुदको माहोल फर्किएको  र खेलकुद विकासमा टेवा पुग्ने विश्वास लिएका छन् । र, पुर्वाञ्चलमा राष्ट्रिय खेलकुद सफलतापुर्वक सम्पन्न गर्न सबै खेलकर्मीहरु लागि परेका छन् ।
“पूर्वमा बृहत राष्ट्रिय खेलकुद सुरु भयो । हामी पूर्व क्षेत्रको खेलकर्मीमात्र हैन,पाँच वर्षपछि राष्ट्रिय खेलकुद सुरु हुँदा सबै नेपाल भरिका खेलाडी, खेलकर्मीहरु उत्साहित छौँ,” पूर्वओलम्पियन तथा एथलेटिक्सका राष्ट्रिय प्रशिक्षक पुष्पराज ओझाले बाह्रखरीसँग भने, “राष्ट्रिय खेलकुद नहुँदा खेलाडीहरु पलायन हुने सम्भावना थियो । तर, यस खेलकुदले खेलाडीहरुको त्यो निराशामा केहि मल्हम लागेको छ ।” यस्तै ओलम्पियन ओझाले खेलकुद विकासको लागि बृहत राष्ट्रिय खेलकुद दुई वर्षमा नभई वर्षैपिच्छे हुनुपर्ने बताए ।
पुर्वाञ्चलमा बृहत खेलकुद सुरु भएपछि ओलम्पियन तथा एथलेटिक्स प्रशिक्षक ओझा मात्र हैन अन्य खेलकर्मीहरु पनि उत्साहित बनेका छन् । उत्साहित नहुन् पनि कसरी, ३५ वर्षको प्रतिक्षापछि मात्र पूर्वाञ्चलले आयोजना गर्ने अवसर पायो । त्यसैले सातौंलाई भब्य बनाउन सबै खेलकर्मी जुटेका छन् ।
“पूर्वमा पहिलोपटक बृहत खेलकुद मेला हुँदैछ । यो हाम्रो लागि गंगा नदीमा स्नान गरेजस्तो हो । हाम्रो लागि ओलम्पिक जस्तै हो,” मोरङका टेबल टेनिस प्रशिक्षक शिवनाथ श्रेष्ठले बाह्रखरीसँग भने, “पटक पटक मिति सरेको थियो । फेरि हामीले सातौँ राष्ट्रिय गुमाउने डर थियो । तर, सुरु भयो हामी उत्साहित छौँ ।”
त्यस्तै श्रेष्ठले पूर्वमा भौतिक पूर्वाधारको काम पूर्ण रुपमा नसकिए पनि राष्ट्रिय खेलकुदको माहोल निकाल्न आफ्नो क्षेत्र लागिपरेको बताए । श्रेष्ठले भने, “पटक– पटक राष्ट्रिय खेलकुदको मिति सर्दा खेलाडी तथा हामी सबै खेलकर्मीलाई निरास बनाएको थियो । तर, अहिले राष्ट्रिय खेलकुद जारी छ । त्यसैले अहिले सबै खेलकर्मीहरु उत्साहित छौँ । सफल बनाउन लागि परेका छौँ ।”
३५ वर्षको अवधिमा पूर्वाञ्चलले राष्ट्रिय खेलकुद गर्ने अवसर नपाएको हैन तर, विविध कारणले रोकिँदै आएको थियो । पुर्वाञ्चलले बिसं २०५७ मा पाचौं राष्ट्रिय खेलकुद गर्ने मौका पाएको थियो ।

तर, पाचौँ राष्ट्रिय खेलकुद १० वर्षपछि धकेलियो र  पूर्वाञ्चलले आयोजना गर्ने अवसर पनि गुमायो । पूर्वाञ्चलको अधिकार खोस्दै काठमाडौंले २०६५ चैतमा पाचौँ खेलकुद सम्पन्न गर्यो । त्यसपछि सुदूर–पश्चिमाञ्चलमा २०६८ फागुनमा छैटौं राष्ट्रिय खेलकुद सम्पन्न भयो । २०७० सालमा सातौं राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मा पुनः पुर्वाञ्चलले पायो । तर, २०७० मा हुनुपर्ने राष्ट्रिय खेलकुद पटक–पटक सर्दै अहिले पूर्वाञ्चलका विभिन्न १३ शहरमा सुरु भएको हो ।
सातौँमा प्रदर्शनी खेलसहित ३५ खेल समावेश छन् । र , २ सय ९४ स्वर्ण, २ सय ९४ रजत र ४ सय ४७ कांस्य गरि १ हजार ३५ पदकको लागि प्रतिष्पर्धा भइरहेको छ । सातौँ राष्ट्रिय खेलकुदको सबैभन्दा धेरै खेल सुनसरी जिल्लामा हुनेछ । सुनसरीमा ११ खेल हुनेछ । यस्तै मोरङमा १०, झापामा पाँच, सिराहा, धनकुटा, ललितपुर, उदयपुर र कास्कीमा समान एक–एक खेल हुनेछन् । पुर्वाञ्चलमा लामो समयपछि राष्ट्रिय खेलकुद भएपछि पूर्वका खेलकर्मीलाई आफ्नो क्षेत्रको खेलकुद विकासमा टेवा पुग्ने पनि विश्वास पनि गरेका छन् ।
करातेका पूर्व खेलाडी तथा प्रशिक्षण कुशल श्रेष्ठ आफ्नो क्षेत्रमा पहिलोपटक राष्ट्रिय खेलकुद सुरु भएसँगै पुर्वाञ्चलमा खेलकुदको माहोल बढेको ठान्छन् ।
“धेरै समयपछि राष्ट्रिय खेलकुद आयोजना हुँदा खेलाडी, हामी खेलकर्मीहरु उत्साहित हुने नै भयो,” बाह्रखरीसँग कुरा गर्दै करातेको साग मेडलिस्ट तथा प्रशिक्षक कुशल श्रेष्ठले भने, “त्यसमाथि हाम्रो क्षेत्र पुर्वाञ्चलमा पहिलोपटक बृहत राष्ट्रिय खेलकुद हुँदैछ । हामी पूर्वका खेलाडीहरुले यो अवसर पायौँ । त्यसैले मलाई लाग्छ अब पूर्वाञ्चलमा खेलकुदको माहोल फर्किएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १०, २०७३  ०८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro