site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म अझै ब्याटिङ गरिरहेको छु
SkywellSkywell

४ वर्षअघि मुम्बईबाट साथीहरू नेपाल आएका थिए । होटल ‘याक एन्ड यती’मा बसेका थिए । उनीहरूलाई भेट्न म त्यहीँ पुगेँ । समय साँझको थियो । गफ चलिरहेको थियो । मेरो झोलामा उनीहरूले सीडी देखेछन् ।

“के हो त्यो ?” सोधे ।

“मैले बना’को फिल्म,” मैले भनें ।

KFC Island Ad
NIC Asia

“कस्तो छ, खै हेरौं !” उनीहरूले हिन्दीमै भने ।

होटलमा फिल्म हेर्नलाई सीडी प्लेयर थिएन । उनीहरूले वेटरलाई बोलाए ।

Royal Enfield Island Ad

वेटरले भने, “सीडी प्लेयरको छुट्टै चार्ज लाग्छ ।”

उनीहरूले हाँस्दै भने, “वी लभ टु पे यार ।”

वेटरले सीडी प्लेयर ल्याइदिए ।

उनीहरूले मेरो चलचित्र ‘दर्पणछायाँ’ हेर्न थाले । मैलै सोचें– दुई–चार मिनेट हेर्छन्, छोड्छन् ।

रमाइलोका लागि चुरोटसँग पेग लिँदै हेर्न थाले ।

अचम्म !

उनीहरूले ‘दर्पण छायाँ’ एकै आसनमा हेरिसके । म छक्क परें ।

उनीहरूले भने, “नेपाली फिल्म भी ऐसा होता हे ? बहुत अच्छा फिल्म हे । तिम्रो फिल्ममा आत्मा छ ।”

उनीहरू थिए– विपुल शर्मा र विश्व शर्मा, जो हिन्दी टेलिचचित्र बनाउँदै आइरहेका छन् ।

मलाई लाग्यो, हाम्रा फिल्म पनि राम्रा रहेछन् ।

० ० ०

म मुम्बई गएको थिएँ । पुराना साथी तथा अग्रजहरूसँग भेट भयो । त्यहीँ नसुरुद्धिन शाह र मेरा गुरू गुल्जार साबसँग पनि भेट भयो ।
नसुरुद्धिन शाहसँग डेनी साबले भेटको चाँजोपाँजो मिलाइदिनु भएको थियो ।

‘दक्षिणा’ बनाएको करिब ४ वर्षजति भएको थियो । मैले उहाँहरूलाई फिल्म बनाएको छु भनेर देखाएँ ।
डेनीले सोध्नुभयो, “नेपाली भाषा आपको समझमा आया और नहीँ ?”

नसुरुद्धिनले ‘अरे यार, बडी ल्याङ्वेज पनि त होता हे’ भन्दै हाँस्दै फिल्म हेर्न सुरू गर्नुभयो ।
हेर्दै गए, हेर्दै गए, चुपचाप पूरै फिल्म हेरे ।

गुल्जार साबले मलाई च्याप्पै अँगालो मार्नुभयो । सँगै नसुरुद्धिन शाहले पनि ।

नसरुद्धिनले सोध्नुभयो, “बहुत अच्छा, ह्वाट इज द बजेट ?”

“४८ लाख,” मैले भनें ।

उहाँहरूले तीन पटक कसम खुवाउनु भयो ।

\"\"

बुधबार ‘दर्पण छायाँ-२’ को डबिङका क्रममा स्टुडियोमा भेटिएका तुलसीले भने, “आज बिहानमात्रै अमेरिकाबाट दीपक गजमेर र अस्ट्रेलियाबाट जोगेन गजमेरसँग कुरा भएको थियो । उनीहरूले ‘दाइ ‘दर्पण छायाँ-२’ लाई सबटाइटल गरेर पठाइदिनुस् भने ।
मैले सोधें, “किन ?”

उनीहरू भन्दै थिए, “दाइ, हामीसँगै हामी हाम्रा अमेरिकी तथा अन्य साथीहरूलाई लिएर चलचित्र हेर्न जान्छौँ ।”
यसको अर्थ– हाम्रा चलचित्र राम्रा भए भने सबैले हेर्छन् भन्ने हो ।

अहिले ‘पशुपतिप्रसाद’लाई सबटाइटल गरेर बाहिर पठाउने हो भने कसले मन पराउँदैन ? कसले हेर्दैन ?

पहिलाको भन्दा पिक्चर क्वालिटी धेरै राम्रो छ हामीसँग । अहिले हामी ३५ एमएममा खिच्छौं । हलिउडका फिल्म पनि यही क्वालिटीमा खिचिन्छिन् । त्यो बेला हामीलाई १६ एमएममा खिच्नुपर्ने बाध्यता थियो । अहिले त्यो छैन । हामी सेल्युलोइड प्रविधिमा काम गथ्र्यौं । अहिले सबै डिजिटलाइज भइसक्यो । सेल्युलोइडमा सबटाइटल गर्न निकै खर्चिलो हुन्थ्यो । तर, अब त्यो जमाना छैन । थोरै बजेटमै सबटाइटल राख्न सकिन्छ ।

रेड एपेक्स, रेड एमएम हामीसँग सबै छन् । त्यसैले हामीले हाम्रो बजार विस्तार गर्न सक्छौं ।

यसर्थ म आफैं आफूलाई भाग्यमानी ठान्छु । मैले पुरानो र नयाँ दुवै प्रविधिलाई साक्षात्कार गर्ने मौका पाएँ, जुन कमैले पाउँछन् । मैले त्यतिबेला अहिलेको प्रविधिको अपेक्षा नै गरेको थिइनँ । यो प्रविधिको ठूलो फड्को हो ।

० ० ०

म पहिलो पटक ‘भक्त भानुभक्त’ डकुमेन्ट्री फिल्म बनाउन नेपाल छिरेको थिएँ । वीरगन्जको बाटो हुँदै म नेपाल प्रवेश गरेको थिएँ । नारायणगढ, डुम्रे हुँदै तनहुँको चुँदीरम्घा पुगेको थिएँ ।

त्यसपछि ‘कुसुमे रुमाल’ र ‘अन्याय’को छायाँकन गर्न नेपाल आएँ । त्यतिबेला दुई वर्षमा एउटा चलचित्र बन्थ्यो । वर्षमा एक–दुइटा चलचित्र बनिरहेका थिए ।

बिस्तारै यो क्रम बढ्दै थियो । प्रकाश थापा दाइहरू आउनुभयो । उहाँहरू आउँदासम्म पनि नेपाली चलचित्र सुरुवाती चरणमै थियो । उहाँहरू आएपछि अलि चहलपहल बढ्न थाल्यो । त्यसपछि म आएँ । शम्भु श्रेष्ठ, नीर शाह, चेतन कार्की, यादव खरेल, लक्ष्मीनाथ शर्माजीहरू आउनुभयो ।

त्यो बेलाको प्रविधि र चुनौतीलाई अहिलेका भाइबहिनीहरूले कल्पना पनि गर्न सक्नुहुन्न । उहाँहरूले देख्न पनि पाउनुभएन ।

त्यो बेलाको नेपाली चलचित्र उद्योग सानो चिटिक्क परेको गाउँ जस्तो थियो । सबैले एक–अर्कालाई चिन्थे । सम्मान गर्थे । शुभमुहूर्त होस् या गीत विमोचन– बोलाए पनि नबोलाए पनि सबै भेला हुन्थ्यौं । बेग्लै प्रकारको आत्मीयता थियो । प्रिमियरमा सबै भेला हुन्थ्यौं । कार्यक्रममा अहिलेको जस्तै धेरै खान पनि दिनु पर्दैन थियो । खर्च पनि धेरै नहुने ।
साँच्चै हामी सबैको एउटै घर जस्तो लाग्थ्यो । खुसी थियौं हामी ।

छोटो–छोटो समयमा भेट हुन्थ्यो । अक्सर हामी पुतलीसडकमा भेट्थ्यौं । शायद चलचित्र विकास बोर्ड अलि टाढा भएर पनि होला, पुतलीसडकमा जम्मा हुन सजिलो हुन्थ्यो । अनुभव साटासाट गथ्र्यौं । मनका कुरा हुन्थे । जीवन र जगतका कुरा हुन्थे । चलचित्र उद्योग र आफ्नै चलचित्रका बारेमा चिया पिउँदै गफिन्थ्यौं ।

चलचित्रसम्बन्धी पुराना दिनलाई सम्झँदा मलाई ठमेलको एमएम होटलको निकै धेरै याद आउँछ । एमएमका शाक्य थरी साहुजीलाई चलचित्रमा खुब चासो थियो । उहाँ मिलाएर हल र खानाको पैसा लिनुहुन्थ्यो । त्यसैले त्यहाँ चलचित्रका धेरै कार्यक्रम हुन्थे ।
म कहिले–कहिले सोच्छु–हामी दुई–चार जना ब्याट्सम्यान थियौं । अरुले बलिङ गरिरहेका थिए । क्रमशः विकेट झर्दै गयो । तर, मचाहिँ अझै ब्याटिङ गरिरहेको छु ।

मलाई समकालीनहरूको खुब याद आउँछ । एमएम होटल र पुतलीसडकको झझल्कोले सताइरहन्छ । सखासखीहरू मनमा आइरहन्छन् । यही नोस्टाल्जियाले मलाई भावुक बनाउँछ ।

\"\"

मैले मेरो पहिलो चलचित्र ‘बाँसुरी’ ४ लाख ७५ हजार रुपैयाँमा बनाएको थिएँ । ‘कुसुमे रुमाल’ बनाउन २३ लाख लाग्यो । त्यो बेला २५–३० लाखमा चलचित्र बन्थे । आजको न्यूनतम बजेट ५० देखि ६० लाख भनेको सुन्छु । शायद हामी प्रोफेसनल भयौं, प्रतिस्पर्धा बढ्यो, महँगी बढ्यो त्यही भएर पनि हो बजेट बढेको ।

हाम्रो पालामा दर्शक थोरै थिए । अहिले धेरै भए । त्यो बेला युवा दर्शक थोरै हुन्थे । अहिले धेरै युवा दर्शक छन् । अहिलेका दर्शकले फरक टेस्ट खोजिरहेका छन् । तर, पनि कस्तो टेस्ट भनेर कसैले यकिन गर्न सकेको छैन ।

नयाँ पुस्तालाई लक्षित गरेर बनाइएको मौलिक चलचित्र ‘लुट’ चल्छ, तर त्योभन्दा बेटर भनेर बनाइएको ‘छड्के’ चल्दैन । त्यस्तै अर्को फ्याट्ट चलिदिन्छ तर फेरि त्यस्तै अर्को चल्दैन ।

हाम्रो समयका चलचित्र भने थकाली खानाजस्तो हुन्थे । खाना, छेउमा घिउ हालेको मासको कालो दाल, रायो र तोरीको साग, टिम्मुर हालेको अचार, अर्को छेउमा साँधेको गुन्द्रुक । सबै प्रकार मिसिएको खानाजस्तै हुन्थे हाम्रा सोसल फिल्म पनि ।

अलिकति कमेडी पनि हुन्थ्यो, तीन पटक घुमेर नहाने पनि फाइट हुन्थ्यो, म्युजिक र कोरियोग्राफीमा ध्यान दिनुपथ्र्यो, लोक प्याटर्नका गीत हुन्थे, सामाजिक कथालाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको हुन्थ्यो । त्यस्तै प्रकारका फिल्म चल्थे । त्यस्तै चलचित्र हामीले बनाइरह्यौं, चलिरहे ।

तर, समय बदलियो । नयाँ प्रविधिको जमाना आयो । युवाहरूले पनि चलचित्र हेर्न थाले । युवाहरू विदेशी चलचित्र हेर्ने भए । उनीहरूलाई त्यो टेस्ट मन पर्न थाल्यो । यस्ता चलचित्र नेपालमा किन बन्दैनन् ? भन्ने महसुस गर्न थाले ।

प्रायोगात्मक मानिएको ‘लुट’ चल्यो । सोसल ड्रामा ‘पशुपतिप्रसाद’ चल्यो । अहिलेको पुस्ताले फास्ट स्टोरी टेलिङ मन पराउन थाल्यो । स्लो स्टोरी टेलिङ अहिलेको पुस्ताले मन पराउन छाड्यो । ‘टु दि पोइन्ट’ स्टोरी भन्न सक्नुपर्छ । बाँकी त पहिला र अहिलेमा खासै फरक छैन ।

अहिलेको युवा राष्ट्रियतामा सचेत छ । ठीकैको चलचित्र बनेको छ भने पनि त्यसलाई मायाले हेर्छ । राम्रो बनेन भने त कसले पो हेर्छ र हैन ?

० ० ०

चलचित्र हाम्रो आफ्नै हुनुपर्छ । मौलिक विषय उठाउनुपर्छ । आँखा चिम्लिएर भारतीय चलचित्रको नक्कल गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।
हामी नेपालीलाई नेपालीकै माया हुन्छ । बिदेसिएका नेपालीलाई झनै माया हुन्छ । उसले नेपाली चलचित्रमा आफ्नै गाउँका गह्रा, आली, रोपाइँ र पाखापखेरा हेर्न चाहन्छ । चौतारी र भन्ज्याङ देख्न चहान्छ । त्यो हामीले दिन सक्यौं भने विदेशमा पनि मन पराइन्छ । त्यस्तै चलचित्रले व्यापार गर्छन् । अहिले भइरहेको पनि यही हो । नेपाली मौलिकता बोकेका चलचित्र नै अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलहरूमा गइरहेका छन् । सफल भइरहेका छन् ।

अहिलेको पुस्ताले हामीबाट कथा र गीत छनोट तरिका सिक्नुपर्छ । अहिलेको पुस्ताबाट हामीले फास्ट स्टोरी टेलिङ सिक्नुपर्छ । मैले पनि यो पटक आफूलाई अपडेट गरेको छु । ‘दर्पण छायाँ-२’ साँच्चै राम्रो बनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २, २०७३  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro